Motivate News

बार्सिलोनाको अपराजित यात्रामा पुर्णबिराम ,पेनाल्टीमा चुके मेस्सी

काठमाडौं – यस सिजनका सबै प्रतियोगिताहरुमा अपराजित यात्रा जारी राखेको बार्सिलोनाको लागि स्पाइनियल बाधक बनेको छ ।
गएराति भएको कोपा डे रे को क्वाटर फाइनलको पहिलो लेगमा स्पाइसनयलसंग १ . ० स्तब्ध हुँदै बार्सिलोनाको अपराजित यात्रामाथि पुर्णविराम लागेको हो । अत्यन्तै प्रतिस्पपर्धात्मक खेलमा बार्सिलोनाका लियोनल मेस्सी पेनाल्टीमा चुक्दा बार्सिलोनाले हार बेहोर्नु पर्यो ।

खेलको ६१ औँ मिनेटमा पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्न नसक्दा बार्सिलोना पराजित हुन पुग्यो । मेस्सीको सुन्दर प्रहारलाई स्पाइनियलका गोलरक्षकले सुन्दर बचाउ गरे । त्यसपछि पनि रोचक बनेको खेलको अन्त्यतिर बार्सिलोना सम्हालिन सकेन ।

स्पनइनियलका ओस्कार मेलेन्डोले ८८ औँ मिनेटमा गोल गरेपछि बार्सिलोना निरास मात्र भएन कोपा डेल रे को सेमिफाइनल पुग्नको लागि अर्को लेगमा २ . ० को जित निकाल्नै पर्ने बाध्यतामा पुग्यो । यस सिजनमा बार्सिलोनाको यो पहिलो हार हो । यस सिजनका ला लिगा,च्याम्पियन्स लिग,कोपा डेल रे लगायत कुनै प्रतियोगितामा बार्सिलोना पराजित भएको थिएन ।

प्रतिकृया दिनुहोस्

​जिरोनाविरुद्ध बार्सिलोनाकाे गोलको वर्षा, स्वरेजको हाट्रिक

काठमाडौं  – बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल गरेको थियो । स्वारेजको ह्याट्रिकसँगै लियोनेल मेस्सीले २ गोल गरेका थिए भने फिलिपे काउटिन्होले पनि एक गोलको योगदान दिए । तेस्रो मिनेटमा पोर्तुले गोल गर्दै...

आइसीसी वल्ड क्रिकेट डिभिजन टू : नेपाल आज ओमानसँग खेल्दै

  काठमाडौं – आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ । आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै...

आइपीएलको ११औँ संस्करणमा आज नेपालका सन्दिप लामीछानेको परीक्षा

काठमाडौं – बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको प्रतियोगिताको लागि आज पनि खेलाडी लिलामी जारी रहने छ । आइपिएल अक्सनमा छनोट भएका नेपालका स्पिनर सन्दिप लामिछानेको पनि नाम छ । आज दोश्रो दिनको खेलाडी लिलामीमा सन्दिप खेल्न पाउने या नपाउने...

ब्राजिलियन मिडफिल्डर कोन्टिन्हो बार्सिलोनामा अनुबन्ध

काठमाडौं – ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध भएको औपचारिक घोषणा गरिएको छ । बार्सिलोनाले नाउ क्याम्पमा समर्थक समक्ष कोन्टिन्होलाई क्लबको खेलाडीको रुपमा सोमबार औपारिक तवरले सार्वजनिक गरेको हो । २५ वर्षे ब्राजिलियन कोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको...