Motivate News

बरु एक्लै हिँड तर गलत साथि नबनाऊ

काठमाडौँ – गौतम बुद्धलाई कसैले सोधे – हामिले कस्तासँग संगत गर्नु पर्छ , भगवन् ?

बुद्ध–पुरुषसँग – बुद्धले जवाफ पस्के ।

यदि कुनै पनि खालका बुद्ध–पुरुष पाइएन भने कस्तासँग संगत गर्नु पर्ला भगवन् ?

आफूजस्तै आध्यात्मिक मान्छेको संगतमा रहनु पर्दछ– बुद्धले फुरि भने ।

आफूजस्तो आध्यात्मिक मान्छे पनि भेट्टाउनै गा¥हो छ भगवन्, के गर्ने  ?

त्यसो भए जसरी जँगलमा गैंडा एक्लाएक्लै हिँड्छ त्यस्तै हिँड्नु बरु बेस हुन्छ तर कुसंगत गर्नै हुँदैन – बुद्धले कुरो टुंगाए ।

उपयुक्त – बुद्धका वचन कत्तिको व्यावहारिक एवं वैज्ञानिक छ ? यसको लेखाजोखा राख्न लियोनार्डो दा भिन्चीसँग सम्बन्धित एउटा घटना काफी हुने देखिन्छ ।

लियोनार्डो दा भिन्चीका दुई चित्र विश्व–विख्यात भए –एक मोनालिसा र अर्को द लास्ट सपर ।यो दोस्रो चित्रमा उनले जिजसलाई मार्न एक दिनअघिको रातमा अन्तिम भोजन खुवाइएको चित्रण गरेका थिए । यस चित्रमा बेसर्त पे्रमका प्रतिमूर्ति जिजस र घुस खाएर आफ्ना गुरुलाई समाउन लाउने घृणाका प्रतिमूर्ति जुदासको चित्र बनाउनु थियो ।

दा भिन्चीले एउटा चर्चमा प्रार्थना गरेर निस्केका एउटा युवकलाई देखे । उनको मुहारमा ज्ञान एवं निश्छल प्रेमको ओज झल्किन्थो । त्यसैले त्यस ओजपूर्ण केटालाई आफुले बनाउन लागेको चित्र लास्ट सपरको जिजसको मोडेल बन्न आग्रह गरे । केटाले पनि सहर्ष स्वीकार गरे । चित्र कोर्न सकिन्छ , धन्यवाद दिइ दुबै छुटिन्छन् ।

अब कलाकार दा भिन्चीले दुनियाकै सबभन्दा घृणास्पद एवं गुरु द्रोही अनुहारको मोडेल खोज्न थाले । वर्षौ बित्दा पनि पाइएन । एकचोटि निराश भिन्ची मिलानको बेस्यालय क्षेत्रमा के घुमि रहेका थिए उनले आफूतिर बढिरहेका एक युवकलाई ठम्याए । उनी झसँग भए –कुरूपमा कुरूप, घृणास्पद गद्घार खाले मान्छे उनको अगाडि थियो ।

उनले मनमनै भने– हो, यस्तै अनुहारको खोज थियो मलाई । उनि युवकको नजदिक गए र प्रस्ताव राखे– महाशय, तपाई मेरो चित्रको मोडेल बन्नु हुन्छ कि रु केटाले पैसा लिने शर्तमा स्वीकार गरे । गुरुद्रोही जुदासको चित्र तयार भयो । र, त्यसपछि उन्नले हाँसेर भने कलाकार महोदय तपाईले – मेरो तस्बीर दुई दुई चोटी बनाउनु भयो । जसलाई जिजसको रूपमा चित्रण गर्नुभयो त्यो मोडल पनि मै थिएँ, हा हा हा ।

दा भिन्ची झस्के –कसरी तपाई ‘जिजस’ बाट जुदास जस्तो पात्र देखिनु भयो रु आँखाबाट बर्बर आँसु झार्दै त्यो केटाले भने–कुसँगतकै कारण ।पहिला म चर्च जान्थेँ र जिजसजस्तै बन्न चाहन्थेँ , सबै ठीक हुदै थियो । पछि रक्सी खाइयो, बेस्या बृत्ति गरियो त्यस्तै– डकैड गर्नेहरूसित सँगत हुँदै गयो र त म पनि शारीरिक एवंम मानसिक रूपमा त्यस्तै भएँ ।

र त बुद्धले भनेका– बरु एक्लै हिँड तर गलत साथि नबनाऊ ।

बिकाशानन्दको ब्लग बाट

प्रतिकृया दिनुहोस्

संविधानको २ वर्ष, सर्बस्विकार्यमै प्रश्न

काठमाडौँ – ठिक दुई वर्षअघि आजकै दिन (२०७२ असोज ३ गते) जारी भएको नेपालको संविधान अझै सर्वस्वकार्य बन्न सकेको छैन । दुई वर्षे यो अवधिमा एउटा निर्वाचन तिन चरणमा सम्पन्न हुनु बाहेक गर्व गर्नलायक उपलब्धि देखिदैन । राष्ट्रपति, उपराष्ट्रपति, तिन प्रधानमन्त्री र...

दुई नम्बर प्रदेशमा माओवादीले खाता खोल्यो

असोज ३, काठमाडौँ – दुई नम्बर प्रदेशको पहिलो वडा अध्यक्षमा माओवादी केन्द्रले खाता खोलेको छ। सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादीका मोहन केसीको प्यानल नै विजयी भएको हो। केसीले ३ सय ४२ मत पाएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले बताए ।...

प्रारम्भिक मतपरिणाम आउन सुरु, यी हुन् मतगणना भैरहेको ठाउँहरु

असोज ३, काठमाडौँ – स्थानीय तहको तेश्रो चरणको निर्वाचन भएको एक महानगर र तीन उपमहानगरापलिकामा अझै मतगणना सुरु हुन सकेको छैन। वीरगञ्ज महानगर सहित जनकपुर, कलैया र जितपुर-सिमरा उपमहानगरपालिमा मतगणना सुरु हुन नसकेको हो। बिहानबाटै मात्र मतगणना सुरु गर्ने ती जिल्लाका मुख्य...

बाढीका कारण लालबन्दीमा मतगणना सुरु हुन सकेन

  असोज ३, काठमाडौँ – सर्लाहीको लालबन्दी नगरपालिकाको मतगणना ढिलाई हुने भएको छ। बाढीका कारण मतपेटिका संकलन नै ढिलाई भएपछि गणना पनि ढिलाई हुने भएको हो। निर्वाचन अधिकृत बाबुराम अधिकारीले सात/आठ ठाउँमा खोला तारेर मतपेटिका ल्याउनुपर्ने तर कर्मचारी खोला तर्न नसकेको बताए।...