Motivate News

माघ ६ गते ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर हुँदै, ७ र ८ गते बुटवल र चितवनमा गरिने

काठमाडौं– उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्र्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ गर्ने भएको छ ।
काठमाडौंमा माघ ६ गते हुने फेयरमा अष्ट्रेलियाका २५ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहनेछ । नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीका अनुसार फेयरमा सहभागि कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु पनि उपस्थित हुनेछन् ।
विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर संवाद गर्न सक्ने भएकाले फेयर महत्वपूर्ण हुने भण्डारीको दावी छ ।
फेयरमा नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य बनिरहेका अष्ट्रेलियाका अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, वलङघन युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ न्यू इङल्याण्ड, लगायतका कलेज तथा युनिभर्सिटीहरुको उपस्थिती रहने वताउँदै भण्डारी भन्छन् ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८ले विद्यार्थीहरुलाई फस्ट हेण्ड इन्फरमेसन र परामर्श  प्रदान गर्नेछ ।
फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि प्रिभिलेज कार्डको ब्यवस्था गरिएको र उक्त कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आई.एल.टि.एस अध्ययन तथा प्रोसेसिङ्ग लगायतका सेवा सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् । उपस्थित विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरिएकाका कारण हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्त गर्ने सुनिश्चितता गरिएको नेक्स्टको भनाई छ ।

द नेक्सट एजुकेसन कन्सलटेन्सिका अनुसार ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८,माघ ६ गते शनिवार काठमाण्डौंमा तथा ७ र ८ गते क्रमश बुटवल र चितवनमा पनि गरिने छ ।
द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले गत वर्ष सन् २०१७ को जनवरीमा पनि ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१७ आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस्

त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत परीक्षा फाराम भराउने

असार ३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै...

गरीब , जेहेन्दार तथा दलित बालबालिकालाई छात्रवृत्ति

असार ३, पाल्पा – सिन्दूर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चले पाल्पाका विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार ९१ बालिका र २० दलित विद्यार्थी गरी जम्मा १११ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर...

पहिरो खस्दा विद्यालयमा भौतिक क्षति

असार ३, बागलुङ – गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । चारकोठे पक्की भवनको तीन कोठा र अर्को “ट्रष्ट” भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि...

स्वर्गीय पत्रकार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

रामेछाप – रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय पत्रकार राजकुमारकी छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत...