Motivate News

इनासको युरोपेली सम्मेलन तथा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिताको तयारी अन्तिम चरणमा

काठमाडौँ – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को छैठौं युरोपेली सम्मेलन तथा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आउंदो २०१८ अप्रिल २१ र २२ गते लन्डनमा हुन लागेको हो । कार्यक्रम तालिका अनुसार २१ अप्रिलमा युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहितको उपस्थितिमा इनास युरोपको छैठौं यूरोप स्तरीय वृहत भेला हुनेछ भने कार्यक्रमको दोश्रो दिन छैठौं युरोप महादेश स्तरीय नृत्य तथा तेश्रो महादेश स्तरीय गायन प्रतियोगिता गरिनेछ ।

गायन तथा नृत्य विद्याका प्रतियोगीहरुका लागि नियमावली समेत निर्धारण गरिएको छ । प्रतियोगितामा युरोपका विभिन्न देशबाट गायन र नृत्य विद्यामा दुई–दुई जना र आयोजक देशबाट दुवै विद्यामा तीन–तीन जनाले भाग लिन पाउनेछन् । बेलायतबाट इच्छुक सहभागिहरुका लागि १७ फेब्रुअरी २०१८ का दिन लन्डनमा अडिशन गर्न लागिएको यूके संरक्षक एवं ग्लोबल सचिव मनिषकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति बनाइएको पनि श्रेष्ठले बताए । उक्त अडिशनबाट छानिएका दुवै विद्याका ६ जनाले अन्य देशबाट आएका प्रतियोगीहरुसंग २२ अप्रिलमा हुने युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेले इनास युरोप महादेशका लागि एक वर्षे कार्यकाल रहने गरी इनासको अवैतनिक मानार्थ सद्भावना दूत नियुक्त गरिनुका साथै ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार २०१८ को उपाधि सहित नगद ७०१ युरो, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१८ र ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१८‘ को विशेष उपाधि सहित क्रमशः ५०१ यूरो र ३०१ यूरो नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ ।

अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो स्वरुप ट्रफी र प्रमाण पत्र प्रदान गर्ने आयोजकको तयारी छ । साथै विजयीहरुलाई इनास आफैंले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा नृत्य प्रस्तुतिका लागि अवसर प्रदान गर्नेछ । यस अलवा चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनयका लागि अवसर प्रदान गरिने आयोजकले बताएको छ । इनासले गत वर्षको संस्करण डेनमार्कको कोपनहेगनमा आयोजना गरेको थियो । विश्वव्यापी रुपमा फैलंदै गरेको उक्त संस्थाले नेपाल लगायत विभिन्न देशमा नेपाली फिल्म अवार्ड कार्यक्रम समेत गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

असार ५, चितवन – भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा...

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

वरिष्ठ स्नायु विशेषज्ञ डा. देवकोटाको दाहसंस्कार सम्पन्न

असार ५, काठमाडौँ – वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।...

डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी निधन

असार ५, नेपालगञ्ज – नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले...