Motivate News

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं-  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् । केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा बैठक शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उल्लेख छ । विज्ञप्तिमा बैठकको एजेन्डा भने खुलाइएको छैन ।

सभापति देउवानिकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सिटमा क–कसलाई पठाउने भन्नेबारे छलफल हुने जानकारी दिए । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४० सिट जितेको छ । बैठकबाट निर्णय गराई पार्टीले समानुपातिकतर्फ बुझाएको १ सय १० उम्मेदवारको सूचीबाट शुक्रबार नै महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मधेसी, खस आर्य, पिछडिएको क्षेत्र (क्लस्टर) मिलाएर प्राथमिकता क्रमअनुसार ४० जनाको नाम तय गरेर निर्वाचन आयोगलाई बुझाउनेछ ।

आयोगले शुक्रबार नै प्रतिनिधिसभाको १ सय १० समानुपातिक सिटमा विजयी उम्मेदवार घोषणा गर्दैछ । कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्

प्रदेश नं. ७ः मुख्यमन्त्रीलाई कालो झण्डा, यस्तो छ कारण !

धनगढी – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई कञ्चनपुरमा कालो झण्डा देखाइएको छ । मुख्यमन्त्रीको सपथ खाएपछि पहिलो पटक कञ्चनपुर पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालोझण्डा देखाइएको हो । प्रदेश सरकार र राष्ट्रिय सभामा पनि दलितको प्रतिनिधित्व कम भएको भन्दै मुख्यमन्त्री भट्टलाई...

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी : भण्डारी, खनाल र नेम्वाङको लबिङ यस्तो

काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै सत्तासीन दल नेकपा एमाले भित्र दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आयोगले २९ फागुनमा राष्ट्रपति निर्वाचन मिति तोकेको छ...

सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताए । ‘सरकारी कार्यालयका टेवलै पिच्छे...

संघीय सरकारमा अब १७ मन्त्रालय कायम रहने : १३ वटा गाभिए

काठमाडौं -अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणाली अनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् ।...