Motivate News

अन्त्यमा देउवाको यस्तो पनि छ दाउ

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन् ।

आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अवकाश पाउँदै छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

समाचारमा लेखिएको छ, प्रधानमन्त्री देउवा आफू निकट व्यक्तिलाई अख्तियार प्रमुख बनाउने खेलमा लागेको कांग्रेसकै एक नेताले बताए ।

अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्दा संसदीय समितिमा सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, हाल संसद नै नरहेको अवस्थामा प्रधानमन्त्री देउवा प्रमुख आयुक्त नियुक्त गर्न लागेका छन् ।

आयोगको प्रमुख आयुक्त बन्नका लागि आयोगकै आयुक्त नवीनकुमार घिमिरे पनि दौडधुपमा लागेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानीयवासीको स्वागतले आफू खुशी रहेको बताएका छन्। रौतहटको मत्सरीमा रहेको दुर्गा मन्दिरमा शुक्रबार दिउँसो पूजापाठपछि यस्तो बताएका हुन्। पूजापछि संचारकर्मीको प्रश्नको जवाफमा आफूले नयाँ पार्टी खोल्ने कुनै सोच नराखेको बताउँदै आफ्नो भूमिकाको बारेमा जनताले नै मूल्यांकन...

रकेटको गतिमा विस्तार हुँदै जीएमई रेमिट, मेगा बैंकसंग पनि रेमिट्यान्स सम्झौता

काठमाडौँ –  जीएमई रेमिटले आफ्नो विस्तारको रप्तारलाई बढाएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग रेमिट्यान्स कारोबार सम्झौता भएसंगै जीएमईको रप्तार बढेको हो । मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार...

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा : अध्यक्ष यादव

राजविराज, ११ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई...

गुड्ने भयो चक्रपथमा मोनोरेल, यस्तो छ चिनियाँ कम्पनीसँग काठमाडौं महानगरपालीकाले गरेको सम्झौता

काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो । एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन...