Motivate News

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

काठमाडौं – संविधानतः स्थानीय तहमा विद्यालयको अधिकार हस्तान्तरण भइसकेको अवस्थामा केन्द्रीय सरकारले हचुवाको भरमा बजेट उपलब्ध गराउन नहुने भन्दै अर्थ मन्त्रालयले फाइल फिर्ता गरे पनि उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आफू र आफ्ना निकटका कार्यकर्ताका विद्यालयलाई १५ करोड ३४ लाख रुपैयाँ बजेट माग गर्दै पुनः फाइल उठाउने तयारी गरेका छन् ।

एक साता अघि शिक्षा मन्त्रालयले पठाएको फाइल अर्थले फिर्ता पठाएको थियो । आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ ।

अर्थले एकपटक फाइल फिर्ता पठाएपछि आफू मन्त्रीबाट बिदा लिनै लाग्दा श्रेष्ठले राज्यको ढुकुटीबाट उक्त रकम वितरण गर्ने अन्तिम प्रयास गरिरहेका छन् ।

स्रोतले भन्यो, 

-फाइल फिर्ता भएलगत्तै मन्त्री श्रेष्ठले करिब ५ सय विद्यालयलाई पुनः रकम दिनुपर्ने दबाब अर्थ मन्त्रालयमा दिँदै आएका छन् ।

-शिक्षा मन्त्रालयको बजेट तथा योजना महाशाखाले पुनः फाइल तयार गर्न लागेको छ ।

-एक-दुई दिनमा फाइल पठाउने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सरकार थप १ हजार ६४ जनालाई १४ करोड रुपैयाँ बाँड्ने तयारीमा, डडेल्धुराका मात्र २ सय १० जना

काठमाडौं – सत्ताबाट बहिर्गमन हुने बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले थप १४ करोड रुपैयाँ आर्थिक सहायता वितरणको तयारी गरेका छन्। सम्भवत: अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता वितरण कार्यविधिको ठाडो उल्लंघन गर्दै राज्यको ढुकुटीबाट आफु, मन्त्रीहरु र प्रभावशाली नेताका पहुँचवाला आफन्त र कार्यकर्तालाई...

९ वर्षमा इन्धनबाट प्रदूषण शुल्क ४ अर्ब ६६ करोड उठ्यो

काठमाडौं – प्रदूषण शुल्क शीर्षकमा इन्धनबाट करिब ४ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष ०६५/६६ बाट प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । उक्त शीर्षकबाट आयल निगमले हाल सम्म यति धेरै रकम...

अदुवा निकासीका लागि भारतीय पक्षको नयाँ शर्त : भारु १० लाखको बैंक ग्यारेन्टी चाहिने

काठमाडौं – भारतीय पक्षले अदुवा निकासीका लागि नयाँ शर्त अघि सारेको छ । कोलकाता स्थित कस्टम कमिस्नर कार्यालयले अदुवा निकासी गर्न १० लाख भारु बैंक ग्यारेन्टी राख्नु पर्ने भन्दै नयाँ शर्त अघि सारेको हो । सरकारले अदुवा निकासीका लागि बाटो खुलेको दाबी...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ! कुनमा कति बढ्यो ?

काठमाडौँ – नेपाल आयल निगमले गए राति १२ बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको हिजो सम्पन्न बैठकले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा दुई दुई रुपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।...