Motivate News

प्रणय दिवस विशेष कविता

 

मायालु प्रेमीहरुलाई

आँखा आँखा जुधेर नशामा

मायाको केसदेखि लिएर पाउ सम्म

रुपको बयान के गरूँ हजुरको

नियालेर हेर्छु प्रतिविम्ब तिम्रो

कोल्टे परेको ऐनामा

बैँश फुलेर ढकमक्क भई

फुली रहेछ हरेक अंग अंगमा

आँखाको निलो पोखरीमा

झल्कि रहेछ अलिकति लाज

बयान गर्नु पर्ने कुनै छैन खास

पवन बनि भेटि रहन्छु तिमीलाई

घाम बनि न्यानो दिई रहन्छु तिमीलाई

झुलाउंला तिमीलाई मायाको झुलाउला

जुन बनि बसिदिउंला तिम्रै सिरानीमा !

प्रतिकृया दिनुहोस्

आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती, यस्ता छन् भानुभक्तका कविता !

असार २९, काठमाडौं – आदिकवि भानुभक्त आचार्यको दुईसय पाँच औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ । भानुजयन्तीका अवसरमा काठमाडौ, पोखरा, लगायत देशका बिभिन्न ठाउँमा विशेष कार्यक्रम हुँदैछन् ।  । विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा आचार्य जन्मनुभएको थियो । संस्कृत भाषाको...

गजल : हेलो सरकार

– रमेश लामिछाने बि. ए सकेँ जागीर खान कता जाउँ म सरकार ? यतै काम गर भन्छौ कि लागुँ गाउँ म सरकार ? अस्ति एकठाउँ बोलाको थ्यो अन्तरबार्ता दिन काम नगरी एक्स्पेरिएन्स कता पाँउ म सरकार ? आफ्नो देशमा केही गर्नुछ म...

पढाई भनेको पैसाकै लागि हो त ? (एक पटक पढ्नै पर्ने लेख रचना)

– रमेश लामिछाने “मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले ? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी...

यस्ता छन् रवीन्द्रका ९ मुक्तक …

१) आसुँ र पानी संगै राखे चिनिन्न आसुँ र पानी नपरे सम्म आफैलाई चिनिन्न मान्छेको वानी संगै खाँदै पिउँदैमा नचिन्ने रहेछ मान्छेहरुलाई छलकपट र स्वार्थले नै विग्री रहेछ राजधानी। २) छोडेर मेरो कुरा अरुको किन नि सुनेर तिम्रो कुरा आउँछ रुन नि...