Motivate News

मध्यरातमा यसरी लाग्यो वाम एकताको टुंगो, ओली र दाहाल आलोपालो नेतृत्व !

काठमाडौँ – लामो अनिश्चिय र आशंका बीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ । दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ । रहेको दुई वामका नेताहरुले बताएका छन् । पदीय बाँडफाँटको औपचारिक टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ ।

सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा भएको केपी ओली र पुष्पकमल दाहाल बीचको दुई घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा दाहालले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो । यस कुरालाई माओवादी केन्द्रका नेताहरूले पनि पुष्टि गरेका छन् । प्रचण्ड निकट एक नेताले भने, ‘आइतवारको बैठक सकारात्मक रह्यो । दुई नेताले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको छ । यसलाई औपचारिकता दिन बुधवार एकता संयोजन समितिको बैठक डाकिएको छ ।’

दुवै अध्यक्षको छलफलपछि दाहाल ललितपुरको मानभवनमै नेताहरु जनार्दन शर्मा र राम बहादुर थापासँग छुट्टै छलफलमा जुटेका थिए । शर्माले झापा पुगेर दुवै नेता अध्यक्ष रहने गरी पार्टी एकता गर्ने सहमति भएको खुलासा गरेका छन् । मंगलवार ओली र दाहालबीच फेरि एक चरण ‘वान टु वान’ छलफल हुने भएको छ । सोमबार भएको सहमति अनुसार पार्टीमा दुई ‘कोर्चियर’ रहने छन् । पहिलो साँढे दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने छन् । त्यही समयमा दाहालले पार्टीको नेतृत्व गर्ने भएका छन् ।

अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

प्रदेश नं. ७ः मुख्यमन्त्रीलाई कालो झण्डा, यस्तो छ कारण !

धनगढी – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई कञ्चनपुरमा कालो झण्डा देखाइएको छ । मुख्यमन्त्रीको सपथ खाएपछि पहिलो पटक कञ्चनपुर पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालोझण्डा देखाइएको हो । प्रदेश सरकार र राष्ट्रिय सभामा पनि दलितको प्रतिनिधित्व कम भएको भन्दै मुख्यमन्त्री भट्टलाई...

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी : भण्डारी, खनाल र नेम्वाङको लबिङ यस्तो

काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै सत्तासीन दल नेकपा एमाले भित्र दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आयोगले २९ फागुनमा राष्ट्रपति निर्वाचन मिति तोकेको छ...

सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताए । ‘सरकारी कार्यालयका टेवलै पिच्छे...

संघीय सरकारमा अब १७ मन्त्रालय कायम रहने : १३ वटा गाभिए

काठमाडौं -अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणाली अनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् ।...