Motivate News

‘मातृभूमिको अस्मितामाथि धावा बोल्नेलाई छाड्दैनौं’ – प्रधानसेनापति क्षत्री

 

काठमाडौं : नेपाली सेनाले मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न आफू तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ। सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता बिथोल्ने प्रयत्न गरी मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पारेको छ।

संघीय संचरनामा गइसकेपछि मुलुकको अखण्डता र स्वाधीनताबारे विभिन्न आशंका भइरहेका बेला सेना दिवसको अवसरमा सैनिक नेतृत्वबाट आएको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सेना दिवसका अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार मातहतलाई शुभकामना सन्देश दिँदै जस्तोसुकै कठिन परिस्थितिमा पनि मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्न नेपाली सेना सदैव तयार रहेको स्पष्ट पारेका छन्।

प्रधानसेनापति क्षत्रीले इंगित गर्न खोजेको नेपालको अस्मितामाथि धावा बोल्ने तत्व को हुन् भन्नेबारे भने केही उल्लेख छैन। यद्यपि, मधेसमा विखण्डनकारी अभिव्यक्ति दिँदै आएका सीके राउत र उनका कार्यकर्ताको गतिविधिमाथि सुरक्षा निकायले निगरानी गर्दै आएको छ।

प्रधानसेनापति क्षत्रीको भनाइ उद्धृत गर्दै जंगीअड्डाले भनेको छ, ‘पुर्खाको रगत पसिनाले सञ्चित मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न कुनै कसर बाँकी राख्दैनौं। पुर्खाले स्थापना गरेको मूल्यमान्यता र देशभक्तिप्रति गर्व गर्दै नेपाली सेना कठिनभन्दा कठिन परिस्थितिमा पनि राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर रहेको छ।’

प्रधानसेनापति क्षत्रीले आफ्नो मन्तव्यमार्फत राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन नेपाली सेना कुनै पनि कठोर निर्णय लिनसमेत तयार रहेको सन्देश दिन खोजेका छन्।

मुलुक संघीय संरचनामा गएपछि नेपाली सेनाले संघीय संरचनाअनुसार फौजको तैनाथी व्यवस्थित गर्न थप २ पृतना तथा २ बाहिनी स्थापना गरिसकेको छ।

केही दिनअघि जंगी अड्डामा बसेको पृतनापतिहरूको बैठकमा मुलुकभर ‘मिलेटरी इन्लेलिजेन्स’लाई थप बलियो बनाई विखण्डनकारीको गतिविधिमाथि गहिरो निगरानी राख्नेबारे समेत छलफल भएको थियो। प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको गैरराजनीतिक चरित्रमा असर पार्न सक्ने खालका कुनै प्रकृतिका दबाब नेपाली सेनालाई सह्य नहुने स्पष्ट पारेका छन्।

उनले नेपाली सेनामाथि हुने कुनै पनि दबाब र परिघटनाले नेपाली सेनाको चेन अफ कमान्डमाथि नै प्रहार हुन सक्ने भन्दै फौज एकढिक्का हुनुपर्ने बताए।

त्यस्ता दबाब आए सामाजिक न्यायको सिद्धान्त र विश्वासका आधारहरू टुट्ने सम्भावनाप्रति नेपाली सेना सधैं सजग रहनुपर्ने उल्लेख गर्दै प्रधानसेनापति क्षत्रीले भने, ‘नेपाली सेनाको चेन अफ कमान्डप्रति असर पर्ने गरी कार्य गराउने जोसुकै भए पनि कारबाहीको भागिदार हुनेछन्।’

प्रधानसेनापति क्षत्रीले मित्रराष्ट्रका सेनासँगको सम्बन्धलाई विस्तार गर्दै सैनिक कूटनीतिलाई थप मजबुत तथा सुदृढ पार्दै लैजाने अभिव्यक्ति दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अन्नपूर्णबाट 

प्रतिकृया दिनुहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानीयवासीको स्वागतले आफू खुशी रहेको बताएका छन्। रौतहटको मत्सरीमा रहेको दुर्गा मन्दिरमा शुक्रबार दिउँसो पूजापाठपछि यस्तो बताएका हुन्। पूजापछि संचारकर्मीको प्रश्नको जवाफमा आफूले नयाँ पार्टी खोल्ने कुनै सोच नराखेको बताउँदै आफ्नो भूमिकाको बारेमा जनताले नै मूल्यांकन...

रकेटको गतिमा विस्तार हुँदै जीएमई रेमिट, मेगा बैंकसंग पनि रेमिट्यान्स सम्झौता

काठमाडौँ –  जीएमई रेमिटले आफ्नो विस्तारको रप्तारलाई बढाएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग रेमिट्यान्स कारोबार सम्झौता भएसंगै जीएमईको रप्तार बढेको हो । मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार...

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा : अध्यक्ष यादव

राजविराज, ११ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई...

गुड्ने भयो चक्रपथमा मोनोरेल, यस्तो छ चिनियाँ कम्पनीसँग काठमाडौं महानगरपालीकाले गरेको सम्झौता

काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो । एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन...