Motivate News

अन्तत मिले एमाले र माओवादी केन्द्र, यस्तो छ सहमति पत्र !

काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ ।

नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो । यो बीचमा पार्टीको वैचारिक कार्यदिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा दर्जनौपटक दुबै दलबीच बिभिन्न तह र चरणमा छलफल सम्पन्न भएको थियो । दुबै दलले एकता प्रक्रियामा सहमति निर्माण गर्न दुबै अध्यक्ष रहने पार्टी एकता संयोजन समिति गठन गरेका थिए ।

आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले  सात बुँदे समझदारी गरेको छ । पार्टी एकताका लागि सहमति भएका बुँदाहरु ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु हुन् ।

एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।, पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।, ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरिने पनि सहमती भएको छ ।

हेर्नुहोस सहमती पत्र –


ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु

१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३) नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी) केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

४. ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा...

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को जादैंछन् ?

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् । सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी एक सय १९ जना प्रतिधिनि लिएर उनी निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन जान लागेका हुन् । ओलीसँगै ४८...

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

असार ५,काठमाडौं –  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौताको...