Motivate News

अब समृद्ध नेपाल निर्माण तर्फ लाग्छौं – प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनु पर्ने बताएका छन् । सोमबार दोस्रो निर्वाचन दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मौलिक तथा आधारभूत राजनीतिक तथा सामाजिक अधिकार संविधानबाट नै सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा अबको बाटो सुखी नेपाली, समृद्ध नेपाल निर्माणतर्फ केन्द्रित हुनु रहेको बताएका हुन् ।

उनले आन्तरिक स्रोत र साधनको अत्याधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, वृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवर्द्धन गर्दै अघि बढ्नु पर्ने बताए ।प्रधानमन्त्री ओलीले राष्ट्रमा पहिलो पटक २०१५ साल फागुन ७ गते निर्वाचन प्रारम्भ भएको दिनलाई विशेष सम्झना गरी निर्वाचन आयोगले गत वर्षदेखि शुरु गरेको निर्वाचन दिवसको दोस्रो वर्षको अवसरमा शुभकामना दिए ।

निर्वाचित जनप्रतिनिधि मार्फत शासन गर्ने र लोकतान्त्रिक पद्दतिलाई संस्थागत गर्ने जिम्मेवारी तीनै तहको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई नेपाली जनताले पूरा गरेको प्रधानमन्त्री ओलीले बताए । उनले ऐतिहासिक निर्वाचनले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई लोकतन्त्रलाई सुदृढ गर्न देशको भाग्य र भविष्य आफै निर्धारण गर्न मार्ग प्रशस्त गरेको बताए ।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा...

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को जादैंछन् ?

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् । सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी एक सय १९ जना प्रतिधिनि लिएर उनी निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन जान लागेका हुन् । ओलीसँगै ४८...

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

असार ५,काठमाडौं –  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौताको...