Motivate News

पानी आउने धाराबाट दूध आउन थालेपछि …

काठमाडौँ- धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन– ‘पानी’ । लतिलपुरको इकुडोलमा भने धाराबाट पानी मात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलनकेन्द्र सम्म दैनिक धाउनु पर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो । इकुडोलवासीले दूध संकलनका लागि यो उपाय अपनाएको १० वर्ष भइसकेको छ । ०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका सुरु गरेका थिए । सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठिनाइ भएपछि यस्तो प्रविधि सुरु गरेको आचार्य बताउँछन् । ‘दूध संकलनका लागि सहज होस् भनेर यस्तो प्रविधि सुरु गरेका हौं,’ आचार्यले भने ।

यस प्रविधि मार्फत सडकको पहुँच नभएका उचाइका गाउँबाट पाइपको सहायताले बेसीमा दूध आपूर्ति गरिन्छ । आचार्य ढुवानीका साधनको विकल्पमा दूध संकलनका लागि पाइप प्रविधि सञ्चालनमा ल्याएको बताउँछन् । सुरुमा ६० हजार रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको यो प्रविधिले आफू लगायत गाउँका थुप्रै किसानलाई फाइदा भइरहेको उनको भनार्इ छ । इकुडोलमा पर्याप्त मात्रामा दूध उत्पादन हुने भए पनि वर्षा तथा गर्मीका बेला संकलन गर्न समस्या हुँदै आएको थियो । लामो समय लगाएर संकलन गर्दा दूध फाट्ने समस्या समेत थियो । युवा वैदेशिक रोजगारीमा गएपछि दूध संकलनका लागि जनशक्तिको समेत अभाव थियो । यस्ता समस्या समाधानका लागि पाइप प्रविधि उपयुक्त माध्यम बनेको इकुडोलका किसान बताउँछन् ।

यो प्रविधिबाट कसरी दूध संकलन हुन्छ भन्ने प्रश्नको जवाफमा आचार्य भन्छन्, ‘सुरुमा पाइपमा तातो पानी पठाइन्छ । तातो पानी आएपछि दूध संकलन केन्द्रमा दूध आउँदैछ भन्ने थाहा हुन्छ, दूध सकिएको संकेतस्वरुप चिसो पानी पठाइन्छ,’ आचार्यले भने । आचार्यले सुरुमा तातो पानी पठाउनुको कारण खुलाए, ‘अघिल्लो दिनमा पठाएको दूधको फ्याट पाइपमा टासिने हुँदा दूध फाट्ने सम्भावना हुन्छ । तातो पानीले चिल्लो पदार्थ बगाएर लैजान्छ र पाइपबाट ताजा दूध आपूर्ति हुन्छ।’

पाइप प्रविधिले किसानको समय, श्रम र पैसा पनि बचाएको छ । ‘यो प्रविधिले हाम्रो समयसँगै प्रतिलिटर दूधमा पाँच रुपैयाँ बचत भएको छ’, आचार्यले भने । पाइप प्रविधि सुरु हुनु पहिले गोटीखेलका ६० घरधुरी किसान प्रत्येक दिन २ घण्टा हिँडेर बजारमा दूध पु¥याउँथे । पाइप प्रविधिको माध्यमबाट भने एक घण्टा भित्रै आठ सय लिटर दूध संकलन भइसक्ने बताइएको छ ।
नागरिकबाट

प्रतिकृया दिनुहोस्

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

असार ५, चितवन – भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा...

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

वरिष्ठ स्नायु विशेषज्ञ डा. देवकोटाको दाहसंस्कार सम्पन्न

असार ५, काठमाडौँ – वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।...

डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी निधन

असार ५, नेपालगञ्ज – नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले...