Motivate News

राम्रो सरकार भए आधा समस्या आफैं समाधान हुन्छन् : सुशीला कार्की

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राम्रो सरकार भए देशका आधा समस्या आफैं समाधान हुने बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ललितपुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ विमोचन समारोहमा कार्कीले भनिन्, ‘जहाँ सरकार गुणवान् हुन्छ, ५० प्रतिशत समस्या आफैं हल हुन्छ । न अन्याय हुन्छ, न अत्याचार । सरकारले हेर्दै नहेरेर त समस्या आएका छन् ।’

शेरबहादुर देउवा सरकारले साधुलाई सुली र चोरलाई चौतारोमा राख्ने व्यहोरा देखाएको उनले टिप्पणी गरिन् । राज्य विरुद्धका घटनामा पैसा लेनदेन गरी लुकाउने र मिलाउने काम भएको कार्कीको आरोप थियो । उनले भनिन्, ‘बलात्कारका घटनामा प्रहरीको काम पीडकलाई न्यायको कठघरामा ल्याउने, पीडितलाई संरक्षण दिने हो तर संरक्षणको त कल्पना नै नगरौं, मनोपरामर्श पनि दिँदैनन् । उल्टो केटीहरुको भावनाको शोषण गर्छन् ।’ इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले यो वर्ष पुस्तकको २६ औं शृंखला भएको बताउँदै उनले विश्वमा कतै पनि गैरसरकारी क्षेत्रबाट यति लामो समय निरन्तर मानवअधिकार वर्ष पुस्तक प्रकाशन नभएको दाबी गरे । समारोहमा पूर्वप्रधानन्यायाधीश कार्कीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन गरेकी थिइन् ।

इन्सेकको अभिलेख अनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ६ हजार ५९ जना पीडित भएका छन् । सन् २०१७ को तथ्यांक गत वर्षको तुलनामा १ हजार ५ सय ५७ ले बढी हो । यस वर्ष राज्य पक्षबाट ८६ महिलासहित ७ सय ७७ जना तथा गैरराज्य पक्षबाट ४ हजार ५ सय ७९ महिलासहित ५ हजार २ सय ८२ जना पीडित भएका छन् ।
नागरिकबाट

प्रतिकृया दिनुहोस्

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

असार ५, चितवन – भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा...

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

वरिष्ठ स्नायु विशेषज्ञ डा. देवकोटाको दाहसंस्कार सम्पन्न

असार ५, काठमाडौँ – वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।...

डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी निधन

असार ५, नेपालगञ्ज – नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले...