Motivate News

तुला पर्वतको निर्देशनमा रहेको गीत ‘जुन लुक्यो आकाशमा’को भिडियो सार्वजनिक

काठमाडौं – गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो । गीतले आमा गुमाएकी छोरीको मर्मलाई बाबुको आँखाबाट ऐनाजस्तै छर्लग पारेको छ । जसमा हाँस्य श्रृखला भद्रगोलबाट चर्चामा आएकी अभिनेत्री रक्षा श्रेष्ठको दमदार अभिनय रहेको छ ।

भर्खरै जन्मिएको बच्चालाई माघ महिनाको जाडोमा ठूलो जोखिम मोलेर काम गर्दा निकै नै चुनौती आइपरेको बताउँछन् । बच्चासँग अस्त्याधिक रम्न मन पराउने तुलाले यो भिडियोमा मात्रै ४ जना बाल कलाकारहरुलाई खेल्ने मौका जुराइदिएका छन् । भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी शृषा कुँवर सहित ३ जना बालकलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई अजुर्न सापाकोटाले छायांकन गरेका हुन् भने मोती कार्कीले सम्पादन गरेका हुन् ।

हेर्नुस भिडियो 

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र “नालापानी” छायांकन हुँदै

काठमाडौँ – यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले “नालापानी” यूनिट चितवनको ऐतिहासिक स्थान “उपरदाङ्ग गढी”मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । “उपरदाङ्ग गढी”को...