Motivate News

नेपाल म्यूजिक अवार्डको नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने

काठमाडौं— ‘नेपाल म्यूजिक अवार्ड २०७५’ को नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने भएको छ । चाहाना मिडियाको आयोजनामा आगामी बैशाख १५ गते हुन लागेको अवार्डको आवेदन फारम भर्ने समय सकिएसँगै आयोजकले नोमिनेशन सार्वजनिक गर्ने मिति तोकेको हो । सन् २०१७ भित्र उत्पादन भएका विभिन्न नेपाली गीतसंगीतले अवार्डमा आवेदन फारम भर्न माघ मसान्तसम्मको समय तोकिएको थियो । चाहाना मिडियाले नेपालमा हुने अवार्डमा पहिलो पटक अनलाईन प्रणालीमार्फत फारम भर्ने व्यवस्था मिलाएको थियो । जसमा अनलाइनमार्फत आवेदन दिनेको संख्या अत्याधिक देखिएको छ । चाहाना मिडियाका अध्यक्ष एवं अवार्ड मुल आयोजक समितिका संयोजक सहदेव कोइरालाका अनुसार अनलाईनबाट करिब ११ सय तथा अन्य माध्यमबाट तीनसय बढीले आवेदन दिएका छन् । तीमध्ये ३८ विधाका ‘टप फाइभ’ छानी सार्वजनिक गर्न जुरीलाई आवेदन फारम पठाइएको उनले जानकारी दिए । अब जुरीले आवेदन परेका संगीतकर्मीको मूल्यांकन गरी निर्णय लिनेछन् ।

फागुन १५ गते नोमिनेशन आउट गरेपछि २० गते ‘टप फाइभ’मा पर्ने कलाकारलाई प्रमाणपत्र वितरण गरिने संयोजक कोइरालाले बताए । ‘नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान’ गर्ने उद्देश्यले गरिएको यस अवार्डमा ३८ विधाका कलाकारसँगै राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड, वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेलाई लोकसाहित्य सम्मान तथा प्राज्ञ हरिदेवी कोइरालाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।

नयाँ र पुरानालाई एकै ठाउँमा प्रतिष्पर्धा गराउँदा नयाँ कलाकार क्षमता भएर पनि ओझेल पर्ने र केही गरी अवार्ड पाइहाले पनि अवार्डमा सहभागि पुराना कलाकार खिन्न हुने यथार्थलाई मध्यनजर गर्दै आयोजकले नयाँ र पुराना कलाकारका लागि अवार्ड वर्गीकरण गरेको छ । त्यसअनुसार कम्तिमा पाँच वर्ष सांगीतिक क्षेत्रमा काम गरेकालाई उत्कृष्ट र पाँच वर्षभन्दा कम समयदेखि यस क्षेत्रमा क्रियाशील संगीतकर्मीलाई ‘सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड’ प्रदान गर्ने व्यवस्था गरिएको सह–संयोजक प्रदीप अधिकारीले जनाए ।

यो विधिबाट अवार्ड प्रदान गर्दा नयाँलाई प्र्रोत्साहन र पुरानालाई सम्मान हुने आयोजकको अपेक्षा छ । टप फाइभ छनोट गर्ने निर्णय जुरीसँग हुनेछ भने सर्वोत्कृष्ट छान्ने प्रक्रिया भने जुरीसँग ५० प्रतिमात्र हुने छ । त्यसबाहेक २० प्रतिशत एसएमएस, १० प्रतिशत आयोजक र २० प्रतिशत अनलाईन भोटिङ हुने छ । अनलाईन भोटिङ भने नेपालमा हुने अवार्डमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो । अनलाईन भोटिङको प्रयोगबारे आयोजकले प्रमाणपत्र वितरण कार्यक्रममै जानकारी गराउने बताएको छ । कार्यक्रम १५ बैशाख २०७५ मा काठमाडौँको होटल अन्नपूर्णमा हुने छ । कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दैै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले सचिव योगेश भट्टराई, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस युवा नेता गगन थापालगायतले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र “नालापानी” छायांकन हुँदै

काठमाडौँ – यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले “नालापानी” यूनिट चितवनको ऐतिहासिक स्थान “उपरदाङ्ग गढी”मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । “उपरदाङ्ग गढी”को...