Motivate News

मन्त्रालयको टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाई

काठमाडौं – नेकपा माओवादी केन्द्रले बुधबार पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गर्न सकेन । माओवादीले मन्त्रीको नाम सिफारिस गर्न बुधबार दिउँसो केन्द्रीय सचिवालयको बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेको थियो । दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालले स्थगित गरेका थिए । बिहान प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल मन्त्रालय बाँडफाँड र संख्याबारे टुंगो लगाउन बैठक बसेका थिए । ओली र दाहालले मन्त्रालयबारे टुंगो लगाउन थप छलफलको आवश्यकता रहेको भन्दै निष्कर्ष निकाल्न सकेका थिएनन् । अधिकतम १८ सदस्यीय मन्त्रीपरिषद बनाउने विषयमा दुई नेता बीच छलफल भएको जनाइएको छ । माओवादीले ६ जना मन्त्री पाउने छलफल भए पनि यसबारे टुंगोमा नपुगेको एक माओवादी नेताले बताए ।

सरकारमा मन्त्री पठाउने तयारी गरे पनि मन्त्रालय टुंगिन नसकेकाले ढिलो भएको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘मन्त्रालय टुंगिन ढिलो भएकाले सरकारमा जान पनि ढिलो भएको हो’, भुसालले भनिन्, ‘मन्त्रालयको टुंगोसँगै सरकारमा जाने नेताहरुको नाम पनि टुंगो लाग्छ ।’

पार्टी एकताको प्रारम्भिक आधार तय गरिसकेका एमाले र माओवादीले सरकार विस्तारमा ढिलो गर्दा राम्रो सन्देश नजाने भन्दै छिटो यो विषयलाई टुंगो लगाउने तयारी गरिरहेको ओली निकट स्रोतको भनाई छ। माओवादीले राम बहादुर थापाको नेतृत्वमा सरकारमा पठाउने तयारी गरेको छ । यस्तै वर्षमान पुन, मातृका यादव, पम्फा भुसाल, लेखराज भट्ट, देवन्द्र पौडेललाई माओवादीले सरकारमा पठाउने तयारी गरेको माओवादी निकट स्रोतले बतायो।
नागरिकबाट

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा...

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को जादैंछन् ?

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् । सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी एक सय १९ जना प्रतिधिनि लिएर उनी निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन जान लागेका हुन् । ओलीसँगै ४८...

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

असार ५,काठमाडौं –  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौताको...