Motivate News

फेकनको चुनाबमा नयाँ अभ्यास, अध्यक्ष दोहोरिए उपाध्यक्षमा महिला

काठमाडौँ – शैक्षिक परामर्श व्यवसायीहरुको संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ ९फेकन०को निर्वाचन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्षमा यूवराज कटुवाल दोहोरीएका छन् भने उपाध्यक्षमा गिता रिजाल निर्वाचित भएकी छन् । अध्यक्षमा कटुवाल निर्विरोध निर्वाचित भएका हुन भने अन्य पदहरुका लागि आकाङ्छिहरुको संख्या बढेपछी चुनाव मार्फत नयाँ कार्यसमिति चयन गरिएको थियो ।

अध्यक्ष कटुवाल एसफोर्ड एजुकेशनका संचालक हुन भने उपाध्यक्ष पदमा विजयी रिजाल निमास एजुकेशनकी प्रवन्ध निर्देशक हुन । वर्तमान फेकनको कार्यकारी सदस्य रहेकी गीता रिजाल रामसरण ढकाललाई पराजित गर्दै विजयी भएकी हुन । उनी जम्मा ९ भोटले विजयी भएकी थिइन ।

त्यसैगरी महासचिव पदका लागि सेतो एकेडेमीका भुपाल तामाङ विजयी भएका छन् । सचिवमा अमितबाबु ढुङ्गाना र राजु निरौला निर्वाचित भएका छन् भने कोषाध्यक्षमा इन्द्र कुमार लामा सर्वसम्मत विजयी भएका छन् ।

त्यस्तै सदस्यहरुमा बालकृष्ण बिष्ट, उमेश कुश्वार, हेमन्त राज दुलाल, संजित कनौजिया, राज कुमार शर्मा विजयी भएका छन् ।

 

प्रतिकृया दिनुहोस्

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...

भिषा काउन्सीलले पायो हार्वर कलेजको उत्कृष्ट अवार्ड, हेर्नुहोस अवार्ड पाउने अरु १२ कन्सल्टेन्सीहरु

काठमाडौँ – भिषा काउन्सीलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड २०१८ प्राप्त गरेको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको “एएचआईसी बिजनेस अवार्ड (२०१८” बाट भिषा काउन्सील सम्मानित भएको हो । भिषा काउन्सील सहित फरक फरक विद्यामा अन्य ११ ओटा कन्सल्टेन्सी पनि सम्मानित...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । कंगारुका फाउण्डर...