Motivate News

फागुन २४ गते ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न बृहत्त रक्तदान हुने

फागुन १९, काठमाडौं – विभिन्न सामाजिक संघ–संस्थाहरुको आयोजनामा यही फागुन २४ गते ‘एनआईसी एशिया रक्तदानको लागि “गिनिज वल्र्ड रेकर्ड’को लागि बृहत्त रक्तदान कार्यक्रम हुने भएको छ ।

लायन्स क्लब काठमाडौं नेपाल तथा लायन्स क्लब काठमाडौं हिमचुलीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

लायन्स क्लब काठमाडौं नेपालका अध्यक्ष अखिल श्रेष्ठले नेपालको स्वास्थ संस्थामा विधमान् रगतको कमीलाई परिपूर्ति गर्न र नेपाललाई विश्वसामु चिनाउनको लागि उक्त कार्यक्रम गर्न लागिएको जनाए ।
उनले भने,‘हामीले यो कार्यक्रम फागुन २४ गते राजधानीको टुडिँखेलमा आयोजना गर्दैछौँ, कार्यक्रममा करिब ३ हजार रक्तदाताहरुको उपस्थिति हुने अपेक्षा राखेका छौँ, बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुनेछ, १८ वर्ष पुगेका देखि ५५ वर्षसम्मका व्यक्तिले रक्तदान गर्न सक्नुहुनेछ । ’

त्यस्तै उक्त रक्तदान कार्यक्रमका संयोजक हुकमराज लुईटेलले नेपाल र नेपालीको शीरलाई विश्वसामु फेरि एकपटक उठाउनको लागि उक्त रक्तदान कार्यक्रमको आयोजना गरिन लागेको बताए ।
उक्त कार्यक्रममा नेपालका धेरैजसो सामाजिक संघ–संस्थाहरुको सहभागिता रहने उनको भनाई थियो । लुईटेलले भने,‘हामीले विगतदेखि आजसम्म यस्ता थुप्रै सामाजिक काममा सहभागिता जनाउँदै आएका छौं, यो महान कार्यका लागि यसपालि पनि सबैले साथ दिनुहुन्छ भन्ने अपेक्षा गर्दछौं ।’

उनले अघि थपे,‘कार्यक्तममा भाग लिने रक्तदाताहरुको लागि खाजा तथा स्वास्थ्यकर्मीको व्यवस्था रहने छ, मानवताको पाठ सिकाउनको लागि पनि यो कार्यक्रम महत्वपूर्ण छ, परेका बेला मात्रै होईन परिरहेको बेलामा रगत दिनुपर्छ, वर्षमा एकजना मानिसले १६ जना मानिसको ज्यान बचाउन सक्छन्, यस्ता सामाजिक र स्वास्थ्यका कार्यक्रमहरुलाई पत्रकारहरुले सबैमा जानकारीको लागि अग्र भागमा रहेर लेखिदिनुपर्छ ।’

लायन्सको ३२५ नेपाल मल्टिपल काउन्सिलका अध्यक्ष बालकृष्ण बुर्लाकोटीले सम्पूर्ण लायन्स क्लबले यस कार्यक्रमलाई सम्पन्न गनको लागि साथ दिने वचनबद्धता गरेका छन् ।

उनले भने,‘मेरो साथ छ तपाईहरु लागिरहनुभएको छ, सबै जनाका साथ हुनुपर्छ, स्वास्थ्य र नेपालीको शान विश्वसामु फैलाउनको लागि यस्ता कार्यहरु गर्न आवश्यक छ ।’

त्यस्तै कार्यक्रममा ग्रीन सिटी अस्पतालका निर्देशक एल.बी. टन्डनले ‘रक्तदान जीवन दान’ भएको भन्दै सबैलाई यस कार्यक्रममा भाग लिन आग्रह गरेका छन् ।

कार्यक्रममा ब्लड डोर्नस एशोसियसनका केन्द्रिय सचिव सुर्यलाल महर्जन, लायन्सका गर्भनर डि।आर खनाल, त्यस्तै उपाध्यक्ष अनुप पहरी, हिसानका केन्द्रिय सचिव रामहरी सिलवाल, रोकर्याक्टका द्धारिका भट्टराई, जेसिसका राष्ट्रिय उपाध्यक्ष रविन पोखरेल लगायतले उक्त कार्यक्रमको सफलताको लागि आफ्ना संस्थाको सहभागिता रहने जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

असार ५, चितवन – भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा...

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

वरिष्ठ स्नायु विशेषज्ञ डा. देवकोटाको दाहसंस्कार सम्पन्न

असार ५, काठमाडौँ – वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।...

डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी निधन

असार ५, नेपालगञ्ज – नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले...