Motivate News

रियल मड्रिडद्वारा पीएसजी ५–२ ले पराजित 

काठमाडौँ – पेरिस सेन्ट जर्मेइन पीएसजीलाई ५–२ ले हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ ।

रियलको जितमा रोनाल्डो र कासिमिरोले दोस्रो हाफमा १–१ गोल गर्दा गरे ।

दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको पीएसजीका लागि इडिन्सन कभानीले गोल गरेपछि दोस्रो लेगमा रियल मड्रिड २ –१ ले विजयी भयो ।

पहिलो लेगमा हात पारेको ३–१ को जितका कारण केही सहज स्थितीमा रहेको रियल मड्रिडलाई पीएसजीले आफ्नो मैदानमा केही दवाव दिएको थियो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५१ औं मिनेटमा लुकास भाज्क्वेजको पासमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए ।

६६ औं मिनेटमा मिडफिल्डर मार्को भेराट्टी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडमा सिमित भयो । तर त्यसको पाँच मिनेटपछि इडिन्सन कभानीले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे ।

८० औं मिनेटमा कासिमिरोले गोल गरेपछि पीएसजीको यात्रा रोकिन पुग्यो ।

प्रतिकृया दिनुहोस्

स्वीडेनद्वारा दक्षिण कोरिया १-० ले पराजित

काठमाडौं – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी बेल्जियमसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया...

वर्ल्डकप फिभर : कुन नेता देशको कुनसमर्थनमा

जेठ २६, काठमाडौं – विश्वकप फुटबल संसारभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । भौगोलिक रूपमा प्रतियोगितास्थल नेपालबाट झन्डै ५...

अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका रिमाल प्रथम

जेठ २०, पोखरा – अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आईतबार अन्नपूर्ण...

सन्दीप लामिछाने सम्मिलित विश्व –११ टोलीलाई वेस्ट इन्डिजले ७२ रनले हरायो  

जेठ १८, काठमाडौं – अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण टि-ट्वान्टी खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले दुई सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७...