Motivate News

यस वर्षको बजेट १० खर्ब ८३ अर्ब

काठमाडौं –  अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आवका लागि संसद्ले १२ खर्ब ७९ अर्बको बजेट पारित गरे पनि त्यसको आकार घटेर १० खर्ब ८३ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकिने प्रक्षेपण मन्त्रालयले गरेको हो ।

बुधबार बजेटको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ दशमलव ३३ प्रतिशतले घटाएको हो ।

यो प्रक्षेपित बजेट गत आर्थिक वर्षको यथार्थ खर्चको तुलनामा ३१ प्रतिशतले बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष ०७३/७४ मा सरकारले १० खर्ब ४९ अर्बको बजेट प्रस्तुत गरे पनि वास्तविक खर्च भने जम्मा ८ खर्ब ३१ अर्ब मात्रै भएको थियो ।

कुल बजेटमध्ये चालूतर्फ ७ खर्ब ३८ अर्ब ९४ करोड खर्च हुने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ । यसअघि सरकारले ८ खर्ब ३ अर्ब चालू बजेट विनियोजन गरेको थियो । चालू खर्चतर्फ मध्यावधि समीक्षामार्फत गरिएको प्रक्षेपण सुरुको विनियोजनको ९१ दशमलव ९६ प्रतिशत हो ।

त्यस्तै, यस वर्ष २ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ मात्रै पुँजीगत बजेट खर्च गर्न सकिने प्रक्षेपणसमेत अर्थ मन्त्रालयले गरेको छ । यसअघि ३ खर्ब ३५ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरे पनि त्यसको ७० प्रतिशत मात्रै खर्च हुने अनुमान अर्थले गरेको हो ।

वित्तीय व्यवस्थातर्फ भने यसअघि कुल १ खर्ब ४० अर्ब विनियोजन गरेकामा ७८ प्रतिशत अर्थात् १ खर्ब ९ अर्ब ४२ करोड बजेट खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरको हो ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

 

प्रतिकृया दिनुहोस्

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा...

सामान्य अंकले बढ्यो धितोपत्र बजार

असार ४, काठमाडौँ – धितोपत्र बजार सोमबार सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९२ बिन्दुले बढेर एक हजार २३५ बिन्दुमा पुगेको छ । यस्तै “क” वर्गमा कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४२ बिन्दुले बढेको छ...

मेगा बैंकले ल्यायो सर्वाधिक ब्याजदरको अफर, मुद्दतीमा १२.५ प्रतिशत ब्याज

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि आकर्षक मुद्दती खाता योजना र दुई वटा आकर्षक बचत खाता योजनाहरु ल्याएको छ । ग्राहकहरुको चाहना बमोजिम सर्वाधिक ब्याजदर प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको हो । न्यूनतम १...

स्थिरीकरण कोष लुकाएर इन्धनमा महँगी

जेठ २३, काठमाडौ – नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ । विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको थन्काएर इन्धनमा लगातार...