Motivate News

यसकारण नेवार महिलाले नाकमा फुली लगाउदैनन्

 

काठमाडौं – नाक छेडेर लगाइने फुली को चलन नेपालमा कसरी रह्यो त? के यो हिन्दू चलन हो? यदी हो भने पक्कै फुलीको संस्कृत शब्द पनि हुनु पर्ने हो के हो त संस्कृत नाम? लिच्छवीकालिन कै कुरा गरौ नेपालका प्राचीन देवीका मुर्तीहरुमा के फुली लगाइएको छ र?

यो त एघारौ वा बार्हौ शताब्द तिर भारतमा मुगल राज्य रहदा मुगलहरुको नजरबाट आफ्नो छोरी चेली बचाउन हिन्दूहरुले प्रचलनमा ल्याएको चलन थियो कारण त्यस ताका मुस्लिमहरुका बिवाहित महिलाहरुले फुली लगाउने गर्थे (जस्तो कि नेपाली समाजमा सिन्दुर पोते) र उनीहरुको समुदायमा बिवाहित स्त्री माथि दृष्‍टि लगाउनु हरण गर्नु जघन्य अपराध मानिन्थ्यो।

त्यही भएर हिन्दूहरुले सानैमा आफ्ना छोरी चेलीको नाक छेड्ने गर्थे ताकी मुगलहरुको गिद्दे नजरबाट बचोस्। त्यो परम्परा बिस्तारित हुँदै गयो, त्यहाँ बसोबास गर्ने सबै हिन्दूहरु र खस समुदायले यसलाई परम्पराकै रूपमा ढाले। त्यहाँबाट बसाइ सराइ गर्दै नेपाल आएका खसहरुले त्याे परम्परा साथै ल्याए उनीहरुको संसर्गमा परेका अन्य जातजातिले पनि अङ्गाले।

तर प्राचीन समयदेखि कहिल्यै मुगलहरुको र खस सम्प्रदायको संसर्गमा नपरेकाहरुले कहिल्यै फुलीलाई आफ्नो ठानेनन्। ब्राह्मणी हुँदैमा फुली लगाउनु पर्ने होइन ।

नेवार समुदायका श्रेष्ठ मल्ल आदि थर गरेकाहरु पूर्ण रूपले क्षत्रीय हुन्उनीहरु छेत्री हुँदैमा पनि महिलाहरु फुली लगाउदैनन् किन कि उनीहरु पनि त्यतिखेर नेपाल मै थिए। अन्य पनि यही हो। अचेल कसैले आफ्नो स्वेच्छाले लगाए त्यो छुट्टै कुरा हो।

प्रतिकृया दिनुहोस्

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

असार ५, चितवन – भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा...

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

वरिष्ठ स्नायु विशेषज्ञ डा. देवकोटाको दाहसंस्कार सम्पन्न

असार ५, काठमाडौँ – वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।...

डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी निधन

असार ५, नेपालगञ्ज – नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले...