Motivate News

ओली सरकारले ठुला जलविद्युत आयोजना बनाउन ध्यान दिनुपर्छ : सूर्यनाथ बास्तोला

नेपालले ठूलो राजनैतिक संघर्षपश्चात जनप्रतिनिधिहरुले अग्रगामी संविधान निर्माण गरी लागु गरी स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार निर्माण गर्ने प्रक्रिया पुरा गर्न लागेको छ । अब जनचाहना अनुरुपको देशमा आर्थिक विकास भएर सबै नेपाली जनताको उन्नति हुनेछ भन्ने जनतामा आशा उत्साह दृढ हुँदै गएको छ । नयाँ संविधानअनुसार गठन हुने, सरकारी संयन्त्रले पुरानो मन्द गति र तौरतरिका बदलेर द्रुत विकास गर्ने शैली अपनाउनु जरुरी छ । ढिलासुस्ती, असक्षम कार्यशैली त्यागेर समग्र समाजको चौतर्फी विकास गर्ने योजना बनाइ काम देखाउनुपर्ने जिम्मेवारी आएको छ ।

जन निर्वाचित सरकार, जनप्रतिनिधि संघ संस्थाहरुले विकासलाई प्राथमिकता दिनु अपरिहार्य छ भने कर्मचारीतन्त्रले पनि सक्षम भएर काम गरेर देखाउनुपर्नेछ । यस्तै जनताले पनि सजग र सचेत भएर, भ्रष्टचार, ढिलासुस्ती र अनावश्यक अपब्यय निर्मूल पार्नमा योगदान गर्नु जरुरी छ । नेपालले आफ्नो छिमेकी देशहरुको प्रगतिलाई पछ्याउँदै, चौतर्फी विकास गर्न सक्षम हुनुपरेको छ । यसका लागि साधनस्रोतको समुचित परिचालन, भित्री बाहिरी आर्थिक लगानीको ब्यवस्थापन निर्माण कार्यमा तीब्रता, अर्थको उचित ब्यवस्थापन, कर्मचारीको मनोबल उच्च राख्न योजना तर्जुमा, कार्यान्वयन गर्न अब्बल तौरतरिका अपनाउनुपर्ने हुन्छ । हाल नेपालमा मौलाई सबैतिर ब्याप्त रहेको भ्रष्टचार रोकिनुपर्छ । सक्षम र इमान्दारलाई सबै क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ । च्ष्नजत ःबल च्ष्नजत एबिअभ को नीति अवलम्वन गर्नुपर्छ ।

राजनीतिक नेतृत्व वर्ग पनि त्यत्तिकै सक्षम र इमान्दार हुनुपर्छ । हाल समाजमा नैतिक इमान्दारिता हराउँदै गएको बेलामा यी सबैकुरा प्राप्त गर्न भगिरथ प्रयत्न गर्नुपर्छ । आज हरेक क्षेत्रमा नेतृत्व लिने ब्यक्तिको खाँचो टड्कारो रुपमा देखापरेको छ । हामी सबै मिलेर समाजलाई प्रगतिको बाटोमा लगाउन प्रयास गर्नुपरेको छ । यसो गर्नु सबै देशवासीको कर्तब्य भएको छ । कला, साहित्य, संगीत सबै क्षेत्रमा त्यसै अनुरुप अगाडि बढेर काम गर्नुपर्ने बेला आएको छ । सबै प्राकृतिक स्रोतसाधनले सम्पन्न सहयोगी राष्ट्रहरु नेपाललाई सहयोग गर्न तत्पर भएकोले यही नै उचित समय हो । सबैको प्रयासले देशको चौतर्फी विकास गर्ने आएको र त्यो मौकामा नेपाली समाजले गुमाउने छैन । सहयोग नै गर्नेछ ।

भौगोलिक रुपले नेपाल सानो आकारको भएता पनि प्राकृतिक जनस्रोत र अरु स्रोतहरुले धनी र मिहिनेती जनशक्ति भएको देश हो । योजनाबद्ध विकास नहुनु, अस्थिर राजनीतिक ब्यवस्था, राजनीतिक आर्थिक अभाव, योजना कार्यान्वयनमा कमजोरील गर्दा जनचाहना अनुसारको आर्थिक उन्नति हुन नसकेको हो । हाम्रा छिमेकी देशहरुले विकासमा धेरै फड्को मारिरहेका छन् ।

अब राजनीतिक दलहरु, संघ संस्था, कर्मचारीतन्त्र, जनता जागरुक इमान्दार भएर देश विकासको यज्ञमा होमिनु परेको छ । अर्काको देशमा गइ दुःख गरेर नाम कमाउने पैसा पठाउने नेपालीहरुले देश विकासको स्वच्छ वातावरणको सिर्जना गर्न सकेमा द्रुत गतिमा आर्थिक विकास गर्नैै सक्छन् भन्नेमा मलाइ पूर्ण विश्वास छ ।
योजना तर्जुमा र कार्यान्वयन चुस्त दुरुस्त हुनुप¥यो, हरेक देशवासीमा इमान्दारिता राष्ट्रिय भावना जागृत गरी विदेशी सहयोगलाई प्रोत्साहन दिएर पुँजी निर्माण गर्ने र आन्तरिक स्रोत साधनलाई पनि प्रोत्साहन दिनुपर्छ । सरकारी र निजी उद्यमीको सहयोगमा प्रोत्साहन गरिनुपर्छ । दक्ष जनशक्ति विकासमा पनि त्यत्तिकै मात्रामा ध्यान पु¥याउनु आवश्यक छ । हाम्रो देश सानो भएकाले छोटो समयमा नै राम्रो प्रगति गरेर देखाउन सकिन्छ ।

देश विकासका लागि पूर्वाधार विकास जलस्रोतको प्रचुर विकास, कृषिको आधुनिकीकरण र उचित ब्यवस्थापन ,पशुपालन, फलफुल खेती, जडिबुटीको विकास, पर्यटनको विकास आदि मुख्य आधारहरुमा विशेष ध्यान दिन जरुरी छ ।

जलस्रोतको विकासले आर्थिक विकासमा ठुलो योगदान र भरथेग गर्न सक्छ । यो काम हामीले धेरै अगाडिदेखि गर्न खोजे पनि गर्न सकिरहेका छैनौं । जलस्रोतको विकासबाट आन्तरिक मागलाई पूर्ति गरेर छिमेकीहरुलाई लाभ पु¥याएर फाइदा पु¥याउने योजना बनाउनुपर्छ । भारत बंगलादेश र नेपाललाई हुने जलविद्युत योजना निर्माण गर्न, बिजुली किन्न, सिंचाई बाढी नियन्त्रण, जलमार्ग निर्माण गर्नमा सहयोगी बनाएर यसको विकास गर्न २० वर्षे योजना बनाउनुपर्छ । यसका लागि बृहत्तर रुपमा सरसल्लाह र अध्ययन गर्न सहमति जुटाउनुपर्छ । भारतले गंगा नदीमा बृहत जलमार्ग निर्माण गर्ने योजना तयारी गरेको छ । भारतसँग कुराकानी गरी यसबाट हामीले पनि बहुपक्षीय फाइदा लिन सक्नुपर्छ । आजको कछुवा हिडाईको वार्ताबाट जलस्रोत विकासमा भारतसँग सहभागिता बढाउन सकिदैन ।

बृहत रुपमा छलफल गर्ने संस्थागत विकास गर्नुपर्छ । हालसम्म भारतसँग भएका सन्धि सम्झौता, समझदारी कार्यान्वयन गर्न तदारुकताकासाथ लागि पर्नुपर्छ । भारतलाई अबको दश पन्ध्र वर्षमा ठुलो मागमा नेपालको बिजुलीको, सिंचाइको पानी र बाढी नियन्त्रणको लागि जरुरत पर्छ । त्यसलाई मध्यनजर राखेर उचित ब्यवस्था गर्दै जानुपर्छ । टान्समिसन लाइनहरु निर्माण गर्नुपर्छ । बंगलादेशलाई विद्युत सप्लाई गर्न भारतसँग १२ किमिको द्ययचमभच मा त्चबलकmष्ककयष्ल ष्लिभ बनाउन इजाजत लिनुपर्छ ।

बुढीगण्डकी चीनलाई नै बनाउन दिनुपर्छ । साना र मझौला जलविद्युत योजनाहरु आफ्नै निजी र सरकारी लगानीमा बनाउनुपर्छ । ठुला योजनाहरुका लागि क्ष्लखभकतmभलत बनभलअष्भक र वैदेशिक निजी लगानी भित्रयाउने वातावरण बनाउनुपर्छ । अब निर्माण हुने योजनाहरु निम्नलिखितबाट छनौट गर्नुपर्छ । कंकाई बहुवर्षीय योजना, सेती आयोजना, सप्तगण्डक आयोजना, बुढीगण्डकी आयोजना, मुगलिङ त्रिशुली गंगा स्टोरेज आयोजना, सेती दोस्रो आयोजना, आँधीखोला आयोजना, भालुवाङ मुलाघाट कुरुले आयोजना, सुनकोसी तराईकाट चयन गर्नुपर्छ ।

यसका लागि एउटा सुदृढ खालको जलस्रोत विकास कमिसन निर्माण गरेर काम कारबाही अघि बढाएमा मात्र उसले सार्थकता प्राप्त गर्न सक्छ ।
 

प्रतिकृया दिनुहोस्

मेरो २८ वर्षको अनुभवले मुक्तिनाथ विकास बैकलाई अब्बल बनाउन सहयोग पुगेको छ : प्रधुम्न पोखरेल पोखरेल, सिइओ, मुक्तिनाथ विकास बैंक

काठमाडौँ – विगत २८ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत प्रद्युमन पोखरेल मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । पोखरेलले सुरुमा नबिल बैंकमा म्यानेजरबाट बैंकिङ करियर सुरु गरेका हुन् । उनले नबिल बैंकमा...

यस्ता छन लाक्पा रेँडु शेर्पाका एघारौँ पटक सगरमाथा चढ्दाका अनुभव, हरेक कुरा सम्भव छ भनेर प्रमाणित

काठमाडौँ – सगरमाथा आरोही संघ तथा अन्तर्राष्ट्रिय माउण्टेरिङ गाइडका महासचिव हुन लाक्पा रेँडु शेर्पा । उनले ११ पटक सम्म सगरमाथाको सफल आरोहण गरिसकेका छन । उनी अन्तर्राष्ट्रिय स्तरको माउण्टेरिङ गाइड पनि हुन । उनै शेर्पासंग सगरमाथा चढ्दाका दुःख, संघर्ष र सफलता लगायत...

राजस्व चुहावट अन्त्य गर्न के गर्दै छ सरकार ? यस्तो छ राजस्व सचिव ढुंगानाको योजना

काठमाडौँ – १५ जेठमा संसदमा बजेट सार्वजनिक भयो । त्यसपछि बजेट विषयमा टिकाटिप्पणी र समर्थन गर्नेहरुको आ–आफनै लाइन लाग्यो । धेरैले ‘फोटोकपी’ बजेट भन्दै वर्तमान सरकारले ल्याएको बजेट विगतकै ढाँचामा आएको धारणा सार्वजनिक गरे । केही पूर्वअर्थमन्त्रीहरुले त जनतामुखी बजेट नआएको भन्दै...

भोलिदेखि हुन लागेको ‘स्टडी इन अष्ट्रेलिया’ शैक्षिक मेलामा विद्यार्थीका लागि के कति उपयोगी ?

काठमाडौं – अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको रुचीलाई ध्यानमा राखी एजुकेशन पार्कले ‘स्टडी इन अष्ट्रेलिया शैक्षिक मेला २०७४’ आयोजना गर्ने भएको छ । यो मेला विद्यार्थीहरुका लागि के कति उपयोगी छ ? हामीले एजुकेशन पार्कका कार्यकारी निर्देशक विराज पाण्डेसंग कुराकानी गरेको छौ ।...