Motivate News

सौन्दर्यविद् सुष्मा महरा ‘राष्ट्रिय नारी सम्मान २०७४’ बाट सम्मानित

काठमाडौँ – महिला उद्यमी तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा राष्ट्रिय नारी सम्मान २०७४ बाट सम्मानित भएकी छिन् । सुष्मा महराले काठमाडौंमा ४ र काठमाडौं वाहिर २ गरि ६ वटा आउटलेटबाट फेसियल हाउस सञ्चालन गर्दै आएकी छिन् ।
फेसियल हाउसले करिब ५० जना भन्दा धेरैलाई रोजगारी दिइरहेको छ । १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उनलाई सम्मान गरिएको हो ।

बिगत एक दशकदेखि सेवा मूलक व्यबसाय सञ्चालनमा सक्रिय भई रोजगार र विभिन्न सेवामुलक सामाजिक संघसंस्था मार्फत् राष्ट्र र समाजका लागि पुर्याएको निरन्तर योगदान स्वरुप महरालाई फोकस नेपाल तथा सिर्जनशील महिला मञ्च र नागरिक एकता समाजले राष्ट्रिय नारी सम्मान २०७४ बाट सम्मानित गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय नाँच घरमा सम्मान कार्यक्रम भएको थियो । महिला तथा बाल कल्याण मन्त्री थममाया थापा र प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले सम्मान गरेका हुन् ।
अवसरमा महरासँगै व्यवसायी, फिल्म निर्मात्री र अभिनेत्री स्वेता खड्कालगायत सामाजिक क्षेत्र तथा अन्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिएकोमा कोइरालले असन्तुष्टि प्रकट गरिन् । उनले भनिन्, ‘नेपालमा कूल जनसंख्याको ५१ प्रतिशत महिलाहरु छन् । उनीहरुले ३३ प्रतिशतको मात्र अधिकार दिन खोज्नु अझै पनि पुरुषवादी सोचको उपज हो ।’

साथै संघीय नेपालको सात प्रदेश प्रमुखहरुमा महिला आफू मात्र रहेको अवगत गराउँदै महिला अधिरकार प्राप्त भइनसकेको बताइन् । माइती नेपालका अध्यक्ष समेत रहेकी कोइरालाले चेलिबेटी बेचबिखन नरोकिएको बताइन् । उनले भनिन्, ‘गरिबी र लैङ्गिक विभेद नहटाइ यो रोकिदैन ।’
‘समृद्ध नेपाल निर्माणका लागि महिलाहरुको भूमिका’ भन्ने नाराका साथ बुधबार १०८औँ अन्तराष्ट्रिय नारी दिवस, मनाइयो । उक्त अवसरमा राष्ट्रिय नारी सम्मान २०७४ कार्यक्रममा सम्मान लगायत विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

असार ५, चितवन – भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा...

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

वरिष्ठ स्नायु विशेषज्ञ डा. देवकोटाको दाहसंस्कार सम्पन्न

असार ५, काठमाडौँ – वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।...

डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी निधन

असार ५, नेपालगञ्ज – नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले...