Motivate News

घाइतेका अश्रुमिश्रित खुसी

फागुन २९, काठमाडौं – भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए । २९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी परिवारलाई दिइरहँदा उनको बायाँ खुट्टाबाट रगत बगिरहेको थियो । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

४४९ नं. को शड्ढयामा हसनको अवस्था देखेपछि डाक्टरहरू उनीतिर दौडिए । युएस बंगला एयरलाइन्सको विमानबाट घुम्न नेपाल आउँदै गरेका उनको केएमसीमै उपचार भइरहेको छ । उनको टाउको, करङ र खुट्टामा चोट लागेको छ । ‘पेटमा पनि समस्या भएझैं लागिरहेको छ,’ उनले भने ।

४३ वर्षीय बंगलादेशी नागरिक अहमद सहरिनको दायाँ कुम जलेको छ । छातीमा समेत चोट लागेकाले उनी कृत्रिम श्वास लिइरहेका छन् । उनीजस्तै घाइते भएका १२ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नर्भिकमा पाँच, ग्रान्डीमा तीन, ओम र मेडिसिटीमा एकरएक गरी २२ जनाको उपचाररत छन् । उपचाररत सबैको टाउको, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

काठमाडौं मेडिकल कलेजका कार्यकारी प्रमुख डा. दामोदर पोखरेलका अनुसार घाइतेको हड्डी, नशा, टाउकोलगायत अंगमा चोट लागेको छ । विमानस्थलबाट सबैभन्दा नजिक पर्ने भएकाले २५ जनालाई एम्बुलेन्समा काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो । जसमध्ये आठ जनाको बाटोमै मृत्यु भयो । शारीरिक अवस्था हेरेर सम्बन्धित विभागमा उपचार भइरहेको डा. पोखरेलले जानकारी दिए । घाइतेको शरीरको केही भाग जलेको छ । उनीहरूको सिटिस्क्यान गर्नेलगायत परीक्षण भइरहेको छ ।

मेडिकल कलेजमा धर्मेन्द्रसिंह पुजाना, स्वराना, इमराना कविर, पिंकी धामी, सुमिना व्यञ्जनकार, कविर हुसेन, रसिद हसन, रिजाना अब्दुल्ला, डा. इरजाना, एमडी सहिनको उपचार भइरहेको डा. पोखरेलले बताए । अस्पतालमा प्रारम्भिक उपचार गराएपछि किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार र केशव पाण्डेलाई भने अन्यत्र रिफर गरिएको छ ।

सहनै नसकिने पीडा भोग्नुपरे पनि बाँच्न सफल भएकोमा घाइतेहरू खुसी देखिन्छन् । सँगै यात्रा गरेका थुप्रै व्यक्ति गुमेको पीडा पनि उनीहरूको आँखामा प्रस्टै झल्किन्थ्यो ।

दुर्घटनाको आधा घन्टापछि नै प्रधानमन्त्री केपी ओली अस्पताल पुगेर घाइतेलाई भेटेका थिए । उनले उपचारमा कमी हुन नदिन र प्रभावकारी उपचार व्यवस्था गर्न निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा...

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को जादैंछन् ?

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् । सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी एक सय १९ जना प्रतिधिनि लिएर उनी निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन जान लागेका हुन् । ओलीसँगै ४८...

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

असार ५,काठमाडौं –  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौताको...