Motivate News

दोषीलाई कारबाही गर्न माग

फागुन २९, काठमाडौँ – पुल्चोक इञ्जीनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले यही फागुन १६ गते पर्सामा बालिकामाथि भएको बलात्कारमा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न माग गर्दै मंगलबार विरोध प्रदर्शन गरेको छ ।

युनियनले पीडितलाई उपचारका साथै आवश्यक संरक्षणको व्यवस्था गर्न आग्रह गर्दै उक्त क्याम्पसका विद्यार्थीले यौनशोषण रोक्न खबरदारी तथा धर्ना दिएका हुन् ।

करिब १० बजेदेखि शुरु गरिएको धर्ना एक घण्टापछि विद्यार्थीले त्यस आसपास क्षेत्रमा पदयात्रा गरी महिलाहिंसा विरुद्ध लेखिएका प्लेकार्डलगायत विभिन्न सन्देशमूलक सामग्रीसहित प्रचार गरेका थिए ।

स्ववियु सभापति रोशन थापामगरले पछिल्लो समय महिलामाथि बलात्कार, कुटपिटजस्ता अनेकौं हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो सामाजिक विकृति विरुद्ध समाजका सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले कैलालीमा हालै बोक्सीको आरोपमा बालिका कुटपिट गर्ने दोषीलाई समेत कडा कारबाहीको माग गर्दै समाजलाई दुरगामी प्रभाव पार्ने घटनालाई कसैले पनि राजनीतिक हस्तक्षेप गर्ननहुने
बताए ।

प्रतिकृया दिनुहोस्

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

असार ६, काठमाडौँ – एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई...

राजपाद्धारा सांसद चौधरीलाई रिहाइ गर्न माग

असार ६, काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ । सोमबार शुरु भई बुधबार सम्पन्न रापजा नेपालको राजनीतिक समितिको बैठकले सांसद चौधरीलगायत मधेश आन्दोलनका क्रममा विभिन्न जिल्लामा बन्दी बनाइएका नेता तथा...

विकट गाउँबाट विकास थाल्नुस् : सभामुख महरा

असार ६, दाङ – सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिएका छन् । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । विपन्न बस्तीका स–साना योजनालाई प्राथमिकता दिन सभामुख...

त्रिभुवन विश्वविद्यालयद्धारा मौसमी तथ्याँक लिने बेलुन उडाइयो

असार ६, काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त सहकार्यमा बुधबार मौसमी बेलुन उडाइएको छ । कीर्तिपुरबाट बिहान ०५ः३७ बजे पहिलोपटक बेलुन उडाइएको र अबदेखि नियमितरुपमा बिहान ०५ः३० बजे यस्ता बेलुन सोही...