Motivate News

यातायात ब्यवस्था विभागमा रेकर्ड फायल हराउने समस्या, व्यवस्थित गर्न रिकन्डिसन व्यवसायीको आग्रह

काठमाडौं – नेपाल रिकन्डिसन अटो व्यवसायी संघले यातायात व्यवस्था विभाग एकान्तकुनामा रहेको बागमती कार्यालयमा अत्यधिक फाइल हराउने समस्या भएको बताएको छ ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका कार्यवाहक अध्यक्ष रमेश कोइरालाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विभागको एकान्तकुनास्थित कार्यालयका प्रमुख डा. टोकराज पाण्डेलाई भेटेर सो फायल ब्यवस्थित गर्न/गराउन आग्रह गरेको छ । प्रतिनिधि मण्डलमा संघका सचिव खगेन्द्र सिंह बम र कोषाध्यक्ष राजकुमार देवकोटा लगायतको सहभागिता रहेको थियो ।

यातयात व्यवस्था कार्यालयमा रहेको व्यवसायीहरुको रेकर्ड फाइलहरु अत्यधिक रुपमा हराएको गुनासो संघमा आउने गरेकोले सो अवस्थामा अर्को फाइल खडा गर्नु प¥यो भने कार्यालयलाई सहजीकरण गर्न आग्रह गरेको संघका कार्यवाहक अध्यक्ष रमेश कोइरालाले बताए । सो सम्बन्धमा आगामी दिनमा कार्यालयले आवश्यक सहजीकरण गर्ने प्रमुख पाण्डेले आश्वासन दिएका छन् ।

त्यसैगरी हालै २० वर्षे सवारी साधन सडकमा गुडेको खण्डमा जफत गर्ने भनी सूचना आएको र यस सम्बन्धमा व्यवसायीहरुलाई उक्त गाडीको सट्टामा भन्सार छुट वा अर्को सवारी साधन ल्याउने व्यवस्था मिलाउन समेत उनीहरुले आग्रह गरेका छन् । तर हाल रातो प्लेट भएका निजी गाडीलाई सो प्रावधान लागू नहुने भएकाले यस सम्बन्धमा रिकन्डिसन व्यवसायीले खासै चासो लिनु पर्ने अवस्था नरहेको कुरामा दुवै पक्ष सहमत भएका छन् ।

प्रतिकृया दिनुहोस्

बर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी

बैशाख ७, काठमाडौं – यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग...

आयल निगम जग्गा खरिदमा घाेटाला: पानबिनै सबा दुई अर्बको कारोबार !

काठमाडौँ – नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ ।जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर(भ्याट) वा स्थायी लेखा नम्बर (पान) भएको व्यक्ति वा संस्थासंगमात्र कारोबार गर्नुपर्नेे नियम...

शिक्षाका नाममा व्यापार : वार्षिक शुल्कबाटै आठ अर्ब

काठमाडौँ – निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्। निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा १८ लाख बालबालिका...

कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम रोकियो : ३० अर्ब व्ययभार वचत

काठमाडौं – सरकारले कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदा सम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए । प्रदेश र स्थानीय...