Motivate News

एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेट टिम सोमबार साँझ स्वदेश फर्किने

काठमाडौं -जिम्बाम्बे गएर एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेट टिम सोमबार साँझ स्वदेश फर्किने भएको छ। सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको नेपाली टोली सोमबार साँझ ६ बजे काठमाडौं आइपुग्ने नेपाली टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिएका छन्।

शनिबार नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएपछि नेपाल आठौं स्थानमा रहँदै जिम्बाम्बे यात्रा टुंग्यायो।

नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता हात पारेको नेपाली टिमको स्वागतमा विमानस्थलमा समर्थकको भीड लाग्ने अपेक्षा गरिएको छ ।

यसका साथै क्रिकेटसँग सम्बन्धीत ब्यक्तिहरु पनि विमानस्थल पुग्ने बुझिएको छ। जिम्बावेबाट इमिरेट्स विमानमा युएई हुँदै नेपाली टिम काठमाडौ ओर्लिने छ।

प्रतिकृया दिनुहोस्

विश्वकपमा फ्रान्सले सुनको ट्रफीसँगै ३९ मिलियन डलर पायो उपविजेता क्रोयसियासहित अरुले के कति पाए ?

असार ३२, काठमाडौं – विश्वकप २०१८ को उपाधी फ्रान्सले जितेको छ। आइतबार भएको फाइनलमा क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रोपटक विश्वकपको ट्रफी उचालेको हो। फ्रान्सले क्रोएसियालई फाइनलमा ४-२ गोल अन्तरले पराजित गरेको थियो। फ्रान्सका लागि केइलिएन एमबाप्पेले ६५औँ, पउल पोग्बाले ५९, एन्टोनियो ग्रिजम्यानले...

फ्रान्सले जित्यो २०१८ विश्वकपको उपाधि, क्रोएसिया ४–२ गोल अन्तरले पराजित

असार ३२, काठमाडौं –रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा प्रतिस्पर्धी क्रोएसियालाई हराउँदै फ्रान्सले विश्वकपको उपाधि जितेको हो । यो सँगै फुटबलको इतिहासमा एक्काइसौं शताव्दीमा विश्वले फेरि नयाँ विश्वविजेता पाएको छ । सन् २०००...

विश्वकपको फाइनल आज : क्रोएसिया र फ्रान्समा कसले उचाल्ला उपाधि ?

असार ३१, काठमाडौं – रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल आज हुँदैछ । नेपाली समय अनुसार राति पौने ९ बजे  फ्रान्स र क्रोएसियाबीच मस्कोको लुज्हनिकी रंगशलामा फाइनल खेल हुँदैछ । क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने...

रोनाल्डोले रियल म्याड्रिड छोडेसंगै ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास गर्दै रियल

काठमाडौं – रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास सुरु गर्ने भएको छ । नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकममा अर्को चर्चित स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । नेयमार भित्राउने प्रयासका लागि क्लबले आफ्ना सबैभन्दा उत्कृष्ट प्रतिनिधि...