लकडाउनको सदुपयोग कसरी गर्ने ? यी ९ बर्षिय बालकबाट केही सिक्नेकी ?

बिहिबार, २० चैत्र २०७६

काठमाडौं – कोरोनाभाइरस (कोभिड १९) को त्रासले विश्वनै लकडाउनको अवस्थामा छ । नेपालमा पनि चैत्र ११ गतेदेखि देशभर लकडाउन गरिएको छ ।

लकडाउनको समयमा सबैजनालाई फुर्सद भएको छ । मानिसको दैनिकी दौडधुप, कोलाहल, अशान्त भइरहेको वेलामा लकडाउनले धेरैलाई परिवारसँग बस्ने अवसर जुराइदिएको छ ।

घरभित्रै बस्दा धेरैलाई अत्यास लागेको पनि हुनसक्छ । यो लकडाउनको समयलाई कसरी सदुपयोग गर्ने ? एउटा ९ बर्षिय बालकले धेरै उपाएहरु सुझाएका छन ।

९ बर्षिय बालक सम्राट तिमल्सिनाले युट्युवमा एउटा भिडियो बनाएर शेयर गर्दै लकडाउनको सदुपयोग गर्ने बारे सुझाव दिएका छन् । उनले कोरोनाभाइरस के हो ? यो ससरी हुन्छ ? र रोकथामका उपायसहित लकडाउनको सदुपयोग कसरी गर्ने भनेर सुझाव दिएका छन् ।

उनले साबुन पानीले किन हात धुने ? यसको बैज्ञानिक कारणहरु के के छन् ? लगायतका ४ मिनेटको भिडियोमा उनले धेरै जीवन उपयोगी विषयहरु समेटेका छन । हेर्नुहोस् उनको यो जीवन उपयोगी भिडियो ।