Motivate News

न्युरो अस्पतालमा तिघ्राको अप्रेसन गर्दा बिरामीको मृत्यु

विराटनगर – विराटनगरस्थित न्युरो अस्पतालमा देब्रे तिघ्राको हड्डीको शल्यक्रिया (अप्रेसन) गरिएकी बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । आफन्तले बुझ्न नमानेपछि शव अस्पतालमै छ । गत फागुन १९ गते हड्डीको शल्यक्रिया गरिएकी सिरहाको लाहान नगरपालिका १९ की २६ वर्षीया रन्जिता शाहको मङ्गलवार मृत्यु भएको जानकारी अस्पतालले आफन्तलाई दिएको छ ।

उनको उपचारका क्रममा बिहान ११ः५० बजे मृत्यु भएको थियो । धनुषाको मिथिला नगरपालिका–३ ढल्केबरस्थित पूर्वपश्चिम राजमार्गमा गत फागुन १८ गते भएको दुर्घटनामा उनको तिघ्राको हड्डी भाँचिएको थियो । पूर्वतर्फ आउँदै गरेको साह चढेको स १ च १२१७ नम्बरको कार र पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको डब्लुबी ७४ यु १९६६ नम्बरको कार एकआपसमा जुध्दा घटना भएको थियो ।

यसै वीच त्यस लगत्तै उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । चिकित्सकले हड्डी भाँचिएका कारण शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको भाइ ललितकुमार साहले बताए । उनले अस्पतालका हाडजोर्नी तथा नशा रोग विभाग प्रमुख डा. नवीनकुमार कर्णको नाममा अर्कै चिकित्सकले शल्यक्रिया गरेपछि दिदीको ज्यान गएको बताए । रञ्जीताको हड्डीको शल्यक्रिया डा शिलानन्द श्रीवास्तवले गरेका थिए । कर्ण त्यति बेला बिदामा थिए । ‘नवीनकुमार कर्णले शल्यक्रिया गर्ने भनेर हामीलाई जानकारी गराइयो,’ ललितले भने, ‘पछि शल्यक्रिया अर्कै चिकित्सकले गरेको पाइयो ।’
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

मन्त्रीले भर्ना गरेका बालबालिका विद्यालय गएनन्

साउन १,काठमाडौं – नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए ।...

विदेशमा पढेका ८८ प्रतिशत डाक्टर फेल

असार ३२, काठमाडौं – नयाँ पत्रिका दैनिकका अनुसार गत वर्ष १६ मंसिरमा नेपाल मेडिकल काउन्सिलले लिएको परीषमा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भएका छन् । त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना जना असफल भए...

चिकित्सा शिक्षा विधेयक: पेलेरै पारित गर्ने सरकारकाे तयारी

असार ३२, काठमाडौं – चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्तासमेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन लागिपरेको छ । अनशनरत डा. केसीको स्वास्थ्य दिनानुदिन गम्भीर हुँदा पनि सरकार वार्ताद्वारा निकास निकाल्न नलागेको...

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...