Motivate News

एसईई परीक्षा सुरुः गणित बाहेकका विषयमा प्रयोगात्मक

 

काठमाडौं – यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीको सहभागी रहने परीक्षा चैत २० गते सम्म सञ्चालन हुने छ । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थीले परीक्षा दिनेछन् ।

बिहान ८ बजेदेखि सुरु भएको परीक्षमा पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । वेदविद्याश्रमतर्फका विद्यार्थीले भने अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा दिइरहेका छन् ।

परीक्षाका लाग परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले देशभर परीक्षा सुरु भएको जानकारी दिएको छ । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसईई परीक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

जिल्ला जिल्लाबाट शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन हुने वातावरण बनेको रिपोर्टिङ आएको र परीक्षा केन्द्रमा आवश्यक सुरक्षाकर्मी र कर्मचारी पुगिसकेको परीक्ष नियन्त्रण कार्यालयले जनाएको छ ।

यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ।

अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ।

प्रतिकृया दिनुहोस्

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छः स्वास्थ्थ्यमन्त्री

काठमाडौँ, ३२ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण...

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर, ३२ असार – ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गर्नुभयो...

संसद्मा काँग्रेसको अवरोधले बैठक स्थगन

काठमाडौँ, ३२ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभएको थियो । सोही...

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३२ असार – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पु¥याउने जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा लगानी...