Motivate News

एनसेलका ग्राहकले गर्छन् बढी खर्च

काठमाडौं – नेपालमा एकजा टेलिफोन प्रयोगकर्ताले वर्षभरिमा औसतमा दुई हजार दुई सय ३४ रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

गत आर्थिक वर्षमा सञ्चालनमा रहेका पाँच वटा दूरसञ्चार कम्पनीका ग्राहकले गरेको वार्षिक खर्चलाई आधार मान्दा यस्तो देखिएको हो ।

नेपालमा सञ्चालित दूरसञ्चार कम्पनीमध्ये एनसेलका ग्राहकले सबैभन्दा बढी खर्च गर्ने गरेको पाइएको छ । एनसेलले नेटवर्क प्रयोग गर्ने ग्राहकको वार्षिक खर्च औसत दुई हजार ६ सय ७१ रुपैयाँ छ ।

तर सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहकले भने औसत एक हजार नौ सय रुपैयाँ मात्र खर्च गर्ने गरेको पाइएको छ ।  आजको नयाँ पत्रिकामा यो खबर छ ।

६ वटा कम्पनीले सेवा प्रदान गर्ने अनुमति पाए पनि अहिले पाँच वटा कम्पनी अस्तित्वमा छन् । त्यसमध्ये सीजी कम्युनिकेसनको कुनै पनि सेवा अस्तित्वमा छैन ।

प्रतिग्राहक खर्चका आधारमा स्मार्ट टेलिकम तेस्रो नम्बरमा छ । यो कम्पनीको एक ग्राहकले औसत पाँच सय ७८ रुपैयाँ खर्च गर्ने गरेका छन् ।

नेपाली दूरसञ्चार सेवाप्रदायकले गत आर्थिक वर्षमा कुल एक खर्ब एक अर्ब २९ करोड २५ लाख ७८ हजार पाँच सय २७ रुपैयाँ आम्दानी गरेका छ ।

त्यसमध्ये दुई ठूला कम्पनी नेपाल टेलिकम र एनसेलले मात्रै टेलिफोनमा ९३ प्रतिशत र इन्टरनेटमा ९६.११ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

प्रतिकृया दिनुहोस्

बर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी

बैशाख ७, काठमाडौं – यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग...

आयल निगम जग्गा खरिदमा घाेटाला: पानबिनै सबा दुई अर्बको कारोबार !

काठमाडौँ – नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ ।जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर(भ्याट) वा स्थायी लेखा नम्बर (पान) भएको व्यक्ति वा संस्थासंगमात्र कारोबार गर्नुपर्नेे नियम...

शिक्षाका नाममा व्यापार : वार्षिक शुल्कबाटै आठ अर्ब

काठमाडौँ – निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्। निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा १८ लाख बालबालिका...

कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम रोकियो : ३० अर्ब व्ययभार वचत

काठमाडौं – सरकारले कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदा सम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए । प्रदेश र स्थानीय...