Motivate News

कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा

काठमाडौं – कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ।भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् । आजको अन्नपूर्ण पोस्टको अर्थतन्त्र पृष्ठमा यो खबर छापिएको छ ।

शाखाले अनलाइन आवेदन खुला गरेको पहिले दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले देशमा वेरोजगारी बढिरहेको संकेत गराउँछ।नवौं भाषा परीक्षामा सहभागी हुन चैत १७ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ।

तर, पहिलो दिन मै ३० हजारभन्दा बढी युवाले भाषा परीक्षाका लागि ग्लोबल बैंकमा २४ डलर भुक्तानी गरिसकेको शाखाका प्रवक्ता शोभाकर पराजुली बताउँछन्।बिहीबार बैंकमा रकम जम्मा गरेका युवाले शुक्रबार मात्रै अनलाइन आवेदन दिन सक्छन् ।

अनलाइन आवेदन दिने युवाको उमेर १८ वर्ष पूरा भएको ३९ ननाघेको हुनुपर्छ।आवेदन दिँदा इमेल आईडी र फोन नम्बर अनिर्वाय गरिएको छ।आरपी पासपोर्ट र फोटो समेत स्क्यान गरेर आवेदन समीट गर्नु पर्ने पराजुली बताउँछन्।भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ।परीक्षा केन्द्र काठमाडौं र पोखरा तय भएको छ।पोखरामा १२ हजार मात्रै सहभागी हुन पाउनेछन् ।

स्नातकोत्तर अध्यय पूरा गरेका युवा रोजाइमा समेत कोरिया परेको शाखामा निर्देशक कृष्णप्रसाद खनाल बताउँछन्।नेपालबाट सन् २०१९ मा ७१ सय युवा जान पाउनेछन्।यसमा उत्पादनमूलक क्षेत्रका लागि चार हजार ८ सय र कृषि क्षेत्रका लागि दुई हजार तीन सय जनाको सिलिङ तोकेको छ।तर, २०१८ का लागि १० हजार एक तोकेको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षाका नाममा व्यापार : वार्षिक शुल्कबाटै आठ अर्ब

काठमाडौँ – निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्। निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा १८ लाख बालबालिका...

प्राक्सिसको पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ – काठमाडौँ – चाबहिल चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडमीको आयोजनामा पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ए वान पार्टी प्यालेस चावहिलमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट तथा अतिरिक्त कृयाकलाप एवम् खेलकुदमा विजेता बन्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण...

इक्यानमा सर्वसम्मत नेतृत्व नै आजको आवश्यकता हो : महासचिव प्याकुरेल (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा नयाँ नेतृत्वका लागि आगामी बैशाख ८ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि ब्यक्तिगत र गुटगत तवरबाट आकाँक्षीहरुले सक्रियता बढाईरहेका छन । इक्यान करिब करिब निर्वाचनमा जाने निश्चित देखिएपनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने आवाज...

स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन हुँदा देशभर औषधि र खोप अभाव

काठमाडौँ – स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ । विगत एक महिना देखि महानिर्देशक नहुँदा जिल्ला जिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ । यसले...