Motivate News

जीन्दगीमा सफलता चाहनुहुन्छ, बुद्धिलाई धार लगाउनुहोस् (धार लगाउने तरिका सहित)

काठमाडौँ – हामीहरु सबैमा स्पर्श, स्वाद, दृष्टि, गन्ध र श्रवण पाँच ज्ञानेन्दीय हुन्छन् तर सफल ब्यक्तिहरुसंग छैटौँ ज्ञानेन्दीय पनि हुन्छ, त्यो हो व्यावहारीक ज्ञानेन्दीय । व्यावहारीक ज्ञानेन्दीय भनेको बस्तुहरु जस्ता छन्, त्यस्तै देख्नु र तिनीहरुलाई जे व्यावहार गर्नुपर्ने हो, त्यही गर्ने क्षमता हो । व्यावहारिब बुद्धि विनाको शिक्षा र ज्ञान मूल्यहीन छ । बिना शिक्षा पनि व्यावहारिक बुद्धि प्राप्त गर्न सकिन्छ तर व्यावहारिक बुद्धि भएन भने त राम्रो भन्दा राम्रो शिक्षा पनि काम लाग्ने हुँदैन । धेरै व्यावहारिक बुद्धि हुनु नै बुद्धिमता (विवेक) हो । जोन, एउटा कम्पनीका लागि ५ बर्ष देखि काम गरिरहेका थिए, तैपनि उसले बढुवा पाएको थिएन । त्यो कम्पनीले विललाई काममा लगायो र उसले एक बर्ष्भित्रै बढुवा पायो ।

विलले एक बर्षमा नै बढुवा पाएकोमा जोनले हाकिमसंग विरोध जनायो । हाकिमले उसलाई भन्यो, ‘तिमीले पाँच बर्ष अघि जति रुख काट्थ्यौँ अहिले पनि त्यही संख्यामा काट्दैछौँ । हाम्रो कम्पनी परिणाममुखी छ, यही तिम्रो उत्पादकत्व बढे मात्रै तिमीले बढुवा पाउँछौँ ।’ जोन फर्केर गयो र छिटो, छिटो तथा पहिलाको भन्दा धेरै समयसम्म रुख काट्न थाल्यो तर पनि उसले धेरै रुख काट्न सफलता पाएन । उसले हाकिमलाई भेटेर आफ्नो समस्या सुनायो । हाकिमले बिललाई भेट्ने सल्लाह दिदै भने, ‘तिम्रो समस्याको समाधान कसरी गर्ने भनेर शायद विल जान्दछन् म जान्दिन ।’ जोनले बिललाई कसरी धेरै रुख काट्न सक्छौ भनेर सोध्यो । बिलले भन्यो, ‘म प्रत्यक रुख काटेपछि २ मिनेट आराम गर्छु र मेरो बन्चरोको धार लगाउँछु । तिमीले सबैभन्दा अन्तिममा कहिले धार लगाएका थियौँ ?’ तपाईले कहिले सबैभन्दा अन्तिम पटक तपाईको बुद्धिलाई धार लगाउनु भएको थियो ? भुतकालको शिक्षा र गौरवले काम दिदैन ।

हामीले निरन्तर हाम्रो हतियार (बद्धि) लाई धार लगाउनुपर्छ । जसरी हाम्रो शरीरलाई प्रत्यक दिन राम्रो खाना आवस्यक पर्छ त्यसैगरी राम्रो विचारको आवस्यकता दिमागलाई पर्छ । माथिको बाक्यको प्रमुख शब्द राम्रो खाना र राम्रो विचार हो । यदि हामीले शरीरलाई सडेगलेको खाना खुवायौँ र दिमागलाई खराव विचार खुवायौँ भने हामी विरामी शरीर र विरामी विचारले ग्रस्त हुनेछौँ । हामी सही बाटामा हिड्नका लागि शुद्ध र सकारात्मक विचारको खुराक दिमागलाई खुवाउनुपर्छ । शिव खेडाको पुस्तक जीत तपाईको बाट

प्रतिकृया दिनुहोस्

कार्यक्रम ‘सफलताको बाटो’ भव्यताका साथ सम्पन्न, ७ सय यूवाहरुले गरे सफलताको संकल्प

काठमाडौं – मोटिभेट न्यूज डटकमले आयोजना गरेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा करिव ७ सय यूवाहरुले सफलताको संकल्प गरेका छन् । कार्यक्रममा चर्चित उत्प्रेरक बक्ता वि.के शर्माले यूवाहरुलाई सफलताका सुत्र...

कार्यक्रम ‘सफलताको बाटो’ को सम्पूर्ण तयारी पुरा, ७ सय यूवाहरु लाभाम्वित हुँदै

काठमाडौँ – मोटिभेट न्यूज डटकमले आयोजना गर्न लागेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने उक्त कार्यक्रममा करिव ७ सय यूवाहरुको सहभागिता रहनेछ । सकारात्मक पत्रकारीता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको यस...

आजकै दिनदेखि उज्यालो भएको थियोे काठमाडौँ, यस्तो थियो कुलमानको योजना

कार्तिक २, काठमाडौँ – गत वर्ष तिहार नजिकिँदै गर्दा लोडसेडिङ बढेर जाने चिन्तामा थिए, नेपाली । काठमाडौं उपत्यकावासी त झनै १८ घण्टे लोडसेडिङको प्रतीक्षामा थिए । तर, विद्युतको उच्च माग हुने दिन लक्ष्मीपूजामा पनि लाइन गएन । धेरैले यसलाई चमत्कारकै रुपमा व्याख्या...

कामु सचिवको जिम्मेवारी सहित निर्वाचन आयोग पुगे सामान्य प्रशासन मन्त्रालयका सहसचिव न्यौपाने

काठमाडौं – सरकारले चुनावी प्रक्रिया चलिरहेका बेला निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेर सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव मैनालीको सरुवा गरेर न्यौपानेलाई आयोगमा ल्याएको हो । निर्वाचन आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा...