Motivate News

किन वढ्दैछ सुनको मुल्य ? यस्तो छ कारण…!

काठमाडौं – विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीन बीच पछिल्ला दिनमा बढेको व्यापारिक विवादको असर सुन बजारमा देखिएको छ । विश्व बजारमा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्न सुन रोज्दा दुई दिनमा प्रतितोला झन्डै एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५७ हजार चार सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार पाँच सय रुपैयाँ बढेर ५७ हजार नौ सय पुगेको थियो । शुक्रबार त्यसमा चार सय थपिएर ५८ हजार तीन सय रुपैयाँ प्रतितोला पुग्यो । शुक्रबारको तुलनामा आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेर ५८ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आगामी केही दिनमा सुनको मूल्य भारी रुपमा बढ्न सक्ने विश्लेषकले बताएका छन् ।

पछिल्लो समय अमेरिका र चीनबीच व्यापारिक गतिरोध उत्पन्न भएको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘त्यसैका कारण लगानीकर्ता सुनमा आकर्षिक भएका छन्,’ शाक्यले भने, ‘आफ्नो लगानी सुरक्षित गर्न सुन किन्नेको संख्या बढेको छ ।’ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेसँगै स्थानीय बजारमा यसको असर परेको हो ।
शाक्यका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार तीन सय ४२ डलर थियो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य एक हजार चार सय अमेरिकी डलर सम्म पुग्न सक्ने विश्लेषण भइरहेको शाक्यले बताए । विश्व बजारमा भएको अनुमान अनुसार सुनको मूल्य प्रतिऔंस एक हजार चार सय डलर सम्म पुगेमा नेपाली बजारमा प्रतितोला ६० हजार रुपैयाँ सम्म पुग्ने शाक्यको भनार्इ छ ।
नागरिकबाट

प्रतिकृया दिनुहोस्

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

साउन २, काठमाडौं – सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि...

आठ अंकले घट्यो शेयर बजार

काठमाडौँ, १ साउन – आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने...

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड, कुन क्षेत्रलाई कति छुट्याइयो ?

साउन १, भक्तपुर – भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि तेस्रो नगरसभाबाट पारित  एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत  ९८ करोड ८६ लाख ८३ हजार तथा...

नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा

काठमाडौं – नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले मंगलबार कर्णाली प्रदेश तथा प्रदेश ७ र प्रदेश ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सुरु हुनेगरी सञ्चालनमा ल्याएको हो । मंगलबार अर्थमन्त्री डा. युवराज...