Motivate News

परीक्षामा चिट चोर्न नपाएपछि प्रहरीमाथि राति ढुंगामुडा

गमगढी, मुगु – एसईई परीक्षामा चिट चोर्न नपाएको झोकमा परीक्षमा सामेल विद्यार्थी र स्थानीय व्यक्तिले सोमबार परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेका छन् ।

सोमबार सञ्चालन भएको एसईई परीक्षाको गाणित विषयमा प्रहरीले चिट चोर्न नदिएको झोकमा प्रभात मावि रोवा केन्द्रको परीक्षा सुरक्षामा खटिएका प्रहरीमाथि राति ८ बजे सुतिरहेको बेला स्थानीयले आक्रमण गरेका हुन् ।

परीक्षा समयभर शान्तिपूर्ण तरिकाले सञ्चालन भएको भए पनि प्रहरीले चिट चोर्न नदिएको भन्दै परीक्षा केन्द्रको हाताभित्र उत्तरपुस्तिका र प्रशासन सुरक्षाका लागि बसेका प्रहरीमाथि साँझ ८ बजे केही परीक्षार्थी र स्थानीयले प्रहरी पोस्टमाथि ढुगामुडा गरेका थिए ।

प्रहरीमाथि हानेको ढुंगा लागेर प्रहरी हवल्दार अर्जुनकुमार डाँगी घाइते भएका छन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ १२ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, डाँगीको जिल्ला अस्पतालमा उपचार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षाका नाममा व्यापार : वार्षिक शुल्कबाटै आठ अर्ब

काठमाडौँ – निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्। निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा १८ लाख बालबालिका...

प्राक्सिसको पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ – काठमाडौँ – चाबहिल चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडमीको आयोजनामा पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ए वान पार्टी प्यालेस चावहिलमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट तथा अतिरिक्त कृयाकलाप एवम् खेलकुदमा विजेता बन्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण...

इक्यानमा सर्वसम्मत नेतृत्व नै आजको आवश्यकता हो : महासचिव प्याकुरेल (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा नयाँ नेतृत्वका लागि आगामी बैशाख ८ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि ब्यक्तिगत र गुटगत तवरबाट आकाँक्षीहरुले सक्रियता बढाईरहेका छन । इक्यान करिब करिब निर्वाचनमा जाने निश्चित देखिएपनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने आवाज...

स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन हुँदा देशभर औषधि र खोप अभाव

काठमाडौँ – स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ । विगत एक महिना देखि महानिर्देशक नहुँदा जिल्ला जिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ । यसले...