Motivate News

मिडियाबाजी प्रतिस्पर्धा भन्दा पनि कार्यगत मूल्याङ्कनमा देशले नयाँ आइजीपी पाओस्

नयाँ आइजीपीका लागि सर्बेन्द्र, रमेश र धीरुबीच प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रहरीमा नयाँ आइजीपी बन्नका लागि दौडधूप सुरु भएको छ । आइजीपी प्रकाश अर्यालले आगामी चैत २९ गतेबाट अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच रस्साकस्सी सुरु भएको छ ।

आइजीपी अर्यालसँगै सबै एआईजीहरु उमेर हदका कारण विदा हुँदैछन् । त्यसो हुँदा अबका डीआइजीहरुमध्येबाट आइजीपी बनाउनु पर्ने स्थिति देखिएपछि  गृह मन्त्रालयले सेवा प्रवेशदेखि अहिलेसम्मको ट्यारक रेकर्ड हेर्न थालेको छ ।

स्रोतका अनुसार ट्रयाक रेकर्डमा तीन जना डिआइजी आइजीपीका लागि प्रमुख दावेदार देखिएका छन ।अहिलेसम्म भ्रष्टाचारमा दाग नलागेको र खटाएको ठाउँमा उत्कृष्ट कार्यसम्पादन गरेको देखिएपछि भावी आइजीपीका लागि डीआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, र धीरु बस्न्यातमध्येबाट आइजीपी बन्ने अवस्था देखिएको छ । गृहस्रोतका अनुसार कामको मुल्यांकन  गर्दा तीनै उत्कृष्ट देखिएकोले यिनै मध्येबाट एक जना आइजीपी र बाँकी एआइजीपी हुनेछन । बास्तवमा सुरक्षा संयन्त्रको आधार स्तम्भ भन्नु नै ईमान्दारीता हो तर सुरक्षा अधिकृतहरु प्रायोजित रुपमा पत्र पत्रीकामा आउनु बास्तवमा राम्रो होईन । नेपाल राष्ट्रलाई औधी माया गर्ने संस्थागत अनि ब्यक्ति सोचबाट राष्ट्रप्रति समर्पित आफुभन्दा पनि संगठन  विकासको लागि मरि मेट्ने व्यक्तिलाई नेतृत्वमा  ल्याईनु आजको ठुलो आवश्यकता हो ।

बिगतमा सरकारमा रहेको नेपाली काग्रेसको मुल्याङन जनताले चुनाव मार्फत गरिसकेका छन् । नंया सरकार गठन भएको  परिवेश तुलनात्मकरुपमा बिलकुल फरक छ । सरकारसंग राष्ट्र प्रतिको प्रतिबद्दता र समृद्दी  नेपालको सपना छ  । यसको लागि सबै भन्दा प्रमुख कुरा सुरक्षा हो ।   यस सपना प्राप्तिको लागि  शान्ति सुरक्षामा देखा पर्न सक्ने  जुनसुकै  कठिन चुनौतिहरुसंग डटेर समाना गर्नु पर्ने हुन्छ । थप देशको राष्ट्रीय सुरक्षा, अखड्ताको सबालमा कुनै पनि प्रश्न उठ्न दिनु हुन्न ।

हाल नेतृत्व चयनकै तरङहरुमा डिआईजीपी सर्बेन्द्र खनाल, रमेश खरेल र  धीरु बस्न्यातको नामहरु भाबी आईजीपीको रुपमा  आईरहको छ । भबिष्यमा  लेखिने रोड म्यापको लागि वर्तमानमा गरिने निर्णयको आधार बिगतमा भएका गल्तिहरुलाई बनाई सच्याउने प्रकारको हुनुपर्छ नकी बिगतमा भएका गल्तिलाई संस्थागत गर्ने ।  यस बेला विगत शेर बहादुर सरकारका पुर्व  निर्णायक मण्डली भएका  नियोजित गल्तीहरुको बारेमा धेरै कुराहरु सतहमा आएका छन् । राजनैतिक आस्थाको आधारमा तल माथी माथी तल गरिएका छन् ।   पुष्ठ्याईहरुको उदाहरण धेरै भएतापनि  एउटा उदाहरण यसपाली भएको  नेपाल प्रहरीमा एस.एस.पी.बाट डिआईजीपीमा भएको प्रमोशनले  देखाएको छ । अध्यपी निरन्तरुपमा एसएसपीमै रहदा निरन्तररुपमा प्रत्येक बर्ष दिईने कार्य सम्पादन मुल्याङकनमा सर्वोउत्कृष्ट भए बापत दिईने प्रहरी ब्याटन निरन्तर रुपमा दुई बर्षसम्म  प्राप्त गरेका धीरु बस्न्यातलाई फाल्न खोजिएको थियो तर फ्याल्न सकेनन । प्रचार प्रसारमा आउन नरुचाउने उनी हाल आफ्नो क्षमता र कठोर परिश्रमले प्राप्त गरेको  बलिया राम्रा उत्कृष्ट सुचाकहरु  सहित हाल कडा प्रतिस्पर्धिको रुपमा  देखिएका छन् । बढुबा ताका पुर्व निर्णायक मण्डलीबाट देखाएको नियत रफू भर्दा देखिन्नथ्यो तर प्याच टाल्ने अबस्थाले गनाएको छ ।

के.पी. सरकार  न्याय प्रेमी हो भन्ने सबैले विश्वास गरेका छन्  र  न्याय दिएको  धेरै प्रमाणहरु पनि  छन् । नवराज सिलवाललाई  पनि त्यस्तो परिस्थितिमा रहदा उस्लाई रेष्क्यु गरि न्याय दिएको कुरा कसैबाट लुकेको पनि  छैन । हिजो भएको अन्याय र त्यसबाट पिडित बनाईएकाहरुले न्याय, छायाँ बसि उत्कृष्ट कार्यहरु गर्ने,  मौका नपाएकाहरुले यस पाली काम देखाउने मौका पाउने छन् । आर्थिक समृद्दीको सपना बोकेर  साकार पार्न जुन सुकै आईपर्ने चुनौतीहरुसंग समाना गर्न यस्ता निष्ठावानहरुको ठुलो आबश्यकता समेत रहन्छ ।

तलैबाट माझिदै आएका ब्यवसायिक कर्मचारीहरुले आज प्रहरी सुरक्षा संयन्त्र प्यारालाईसिस भएको महशुस गरेको छ । सिलवाल प्रकरण अनि डाक्टरको हातमा प्रहरीको जिम्मेवारी सुम्पिनु यसका ज्बलन्त उदाहरण हुन्। जगैदेखी नलडि आएका नेतृत्व  टाउकोमा बसि फुर्ती त लगाउला तर त्यसले शरिर नचाउन सक्तैन । उसलाई शरिर अर्थात ४० हजार प्रहरी हबल्दार अनि जवानहरुको स्वामित्व ग्रहण गर्न सक्तैन । पुष्ट्याई नै गर्न नसकिने तरिकाले सिधै माथिल्लो तहमा अपरेशनल अनुभव नै नभएको ब्यक्तिलाई ल्याईएमा प्रहरी संगठन चल्न नसक्ने हुन्छ ।   आफू जसरी पनि नेतृत्वमा जान खोज्ने र नेतृत्वमा पुगी सकेपछि तलका मानिसहरुलाई अनुशासनमा राख्न खोज्ने । यो कदापी हुन सक्तैन । यो एनार्कजिम हो । नेतृत्वमा जाने व्यक्तिलाई  ७५ हजार प्रहरीले स्वामित्व ग्रहण गर्न सक्नुपर्छ । अपरेशनल अनुभव  भएकाहरुसंग   संगठनमा बिग्रेको घडिलाई फट फट चलाउन र बनाउन सक्ने क्षमता रहन्छ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पीरिडमा काम गर्न सक्ने क्षमता भएकै कारण एक आइजीपी बनाइने स्रोतको भनाई छ । गृहमन्त्री रामबहादुर थापा बादल पनि काबिल र सक्षम आइजीपी बनाउनुपर्नेमा रहेको उनी निकट स्रोतको भनाइ छ । सामान्य मुल्यांकनमा पनि आइजीपीका लागि सर्बेन्द्र खनाल, रमेश खरेल र  धीरु बस्न्यातको नै देखिएका छन । बस्न्यात त्यस्ता डीआइजी हुन्, जसलाई एसएसपी कालमा नेतृत्व तालिममा प्रथम हुँदासमेत ओलीका मान्छे भन्दै शेरबहादुर देउवाले डीआइजीमा जसरी पनि बढुवा नदिने निर्देशन दिएका थिए । तर जति पेल्दा पनि बस्नेतलाई डिआइजी बन्नबाट देउवाले रोक्न सकेनन । गृहले सवै ट्रयाक रेकर्ड हेर्दा पहिलोदेखि तेस्रो बरियतामा रहेकासँगै बस्नेत पनि आइजीपीका लागि प्रमुख दावेदार देखिएका हुन ।यसपाली ट्र्याक रेकर्डको आधारमा  चयन गरिने कुरा ज्यादै सान्दर्भिक रहेको छ ।  राजधानी मात्रै सिमित नरहि सुदर पश्चिमदेखि  नेपालको कुना कन्धाराहरुमा, जोखिम र बिषम परिस्थितिमा समेत  खटी परिक्षा दिई सफल भैसकेका, भीजन भएका र सरकारको अनुष्ठानमा काम गर्ने सक्षम, संस्थागत र राष्ट्रिय सोचबाट उत्प्रेरित व्यक्ति  नेतृत्वमा चयन गरिनु सान्दर्भिक रहन्छ ।

 

प्रतिकृया दिनुहोस्

पढाई भनेको पैसाकै लागि हो त ? (एक पटक पढ्नै पर्ने लेख रचना)

– रमेश लामिछाने “मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले ? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी...

यस्ता छन् रवीन्द्रका ९ मुक्तक …

१) आसुँ र पानी संगै राखे चिनिन्न आसुँ र पानी नपरे सम्म आफैलाई चिनिन्न मान्छेको वानी संगै खाँदै पिउँदैमा नचिन्ने रहेछ मान्छेहरुलाई छलकपट र स्वार्थले नै विग्री रहेछ राजधानी। २) छोडेर मेरो कुरा अरुको किन नि सुनेर तिम्रो कुरा आउँछ रुन नि...

गजल : आईरह्यो कति बाकस भित्र कतार भएर

गजल जुटौ एक अर्काको दरकार भएर किन उभिन्छौ बेकारमा पर्खाल भएर सोचेथेँ आउँछौ तिमी पलेटी कस्न आयौ हुरी वनेर आएनौ प्यार भएर राम्रो के नराम्रो के छुट्याउनै गाह्रो भो आयो ताली वाहवाह पनि व्यापार भएर हिजोआज निस्केका चल्लाहरु पनि आयो सगरमाथामा पुग्ने...

रवीन्द्र आशिष शैलीका ९ मुक्तकहरु

१) दाउरा सुरुवालमा तुनाको महत्व छ फूल फूल्नु अधि मुनाको महत्व छ सानो भनेर नगर्नु है हेला कसैले पनी हाती तर्साउने भुसुनाको पनि महत्व छ। २) माया भएर के गर्नु जताउन सकिन मनमा थिए कुराहरु वताउन सकिन देख्छु सपनीमा सिरानी संगै वसेको...