काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमिति चयनका लागि यही बैशाख ८ गते निर्वाचन हुँदैछ । दुई वर्ष अगाडि अध्यक्ष बनेका प्रकाश पाण्डेको कार्यकाल यही फागुनमा सकिएको थियो ।
यो पटक पनि दुई प्यानविच प्रतिशपर्दा हुने देखिएको छ । बर्तमान अध्यक्ष प्रकाश पाण्डेले इक्यानमा दोश्रो कार्यकाल खान नचाहेकाले उनले आफ्नो प्यानलबाट बर्तमान उपाध्यक्ष तथा रोयल एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक विश्णुहरी पाण्डेलाई अगाडी सारेका छन् । उनीसंगै प्रतिशर्दा गरेका नेक्कोटेक टेक्नोलोजिका सरोज कुमार बस्नेत यो पटकपनि उमेद्वारी दिदैछन ।
दुुबै पक्ष प्यानलनै बनाएर निर्वाचनमा होमीने तयारीमा रहेको बताइएको छ । संस्थापन पक्षले विश्णुहरी पाण्डेको अध्यक्षतामा पूर्व कोषाध्यक्ष शालिकराम भण्डारी, यसोदा भट्टराई र बर्तमान कोषाध्यक्ष खड्ग लिम्बुलाई उपाध्यक्षमा अगाडी सारेको छ भने बस्नेत प्यानलले सरोज बस्नेतको अयक्षतामा बर्तमान बरिष्ठ उपाध्यक्ष राजेन्द्र रिजाल, पूर्व महासचिव महेशबाबु तिमल्सिना, वर्तमान सचिव उमेश ढुंगेललाई उपाध्यक्षमा अगाडी सारेको छ । त्यस्तै महासचिवमा बस्नेत प्यानलले वर्तमान महासचिव सन्तोश प्याकुरेललाई अगाडी सार्ने तयारी गरेको छ भने संस्थापन प्यानलले अहिलेसम्म फाइनल गर्न सकेको छैन यद्येपी वर्तमान प्रथम सचिव देविदास भट्टराईले दावि गरिरहेका छन तर अध्यक्ष पाण्डेले शेषराज भट्टराईलाई प्रस्ताव गरेका छन् ।
प्रिमियर कलेज, एभरेष्ट कलेज, कोलम्बस कलेज लगायत आधा दर्जन कलेजका संचालक रहेका अध्यक्षका प्रत्यासी विश्णुहरी पाण्डे इक्यानमा समय दिन नसक्ने भन्दै इक्यानियनहरुले साथ नदिने बुझिएको छ । उनले चौधरी गु्रप संगको सहकार्यमा अटोमोवाइल्स ब्यावसाय पनि गर्दै आएका छन । उनी इक्यानमा यस कारण कमजोर छन की उनको नाममा कन्सल्टेन्सी छ तर त्यो कन्सल्टेन्सी उनका भाई कृष्णहरी पाण्डेले चलाई रहेकाछन, राजनिति गर्नका लागि इक्यानमा लागेका पाण्डे एमाले विदेश विभिगका सदस्य समेत हुन् । पार्टीमा प्रोफाइल बनाउनका लागि उनले अध्यक्षमा लड्न लागेको नाम उल्लेख नगर्ने सर्तमा एक कन्सल्टेन्सी ब्यावसायीले बताए । उनी इक्यानमा आए इक्यानियनहरुलाई समय दिन नसक्ने र इक्यान कमजोर बन्ने ब्यावसायीको भनाइछ । तर उनीसंग आफ्नै जनमत भने छ ।
उता सरोज बस्नेत पनि नेपाली काँग्रेसका साना तिना नेता हुन तर उनी कन्सल्टेन्सीमा रमेर बसेका ब्यक्ति भएकाले इक्यानियनहरुले साथ दिने उनको भनाई छ । प्रकाश पाण्डेले इक्यान छोड्नुनै गल्ती भएको ति ब्यावसायीको भनाई छ । प्रकाश पाण्डेले इक्यानमा अपेक्षाकृत काम गर्न नसकेपनि पहिल भन्दा धेरै राम्रा काम गरेको उनको भनाई छ ।