Motivate News

स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन हुँदा देशभर औषधि र खोप अभाव

काठमाडौँ – स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ । विगत एक महिना देखि महानिर्देशक नहुँदा जिल्ला जिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ । यसले गर्दा औषधि अभाव हुनुका साथै सर्पदंश र बहुला कुकुरले टोक्दा लगाइने (एन्टिरेबिज) को समेत खरिद अवरुद्ध भएको विभागले जनाएको छ ।

विभाग अन्तर्गतका महाशाखा र केन्द्रका प्रमुखहरुलाई पाँच लाख सम्मको मात्रै कार्यक्रम स्वीकृति र भुक्तानी दिने अधिकार हुन्छ । त्यो पनि महानिर्देशकले अधिकार दिएपछि मात्रै गर्न पाइन्छ । पाँच लाख भन्दा बढीको औषधि लगायतका उपकरण खरिदको जिम्मेवारी महानिर्देशक मै हुन्छ । निःशुल्क औषधि खरिदको बजेट दुई अर्ब भन्दा बढी छ । त्यस मध्ये झन्डै ७० प्रतिशत रकमको औषधि केन्द्रले खरिद गर्छ । केन्द्रबाट खरिद गरिने २२ थरी औषधिका ३० करोड बराबरका टेन्डरको फाइल स्वीकृति र सम्झौता हुन बाँकी छ । त्यो भन्दा बढी बजेट सेवा र उपकरण खरिदका लागि केन्द्रसँगै रहन्छ ।

महानिर्देशक नहुँदा बहुला कुकुरको टोकाइमा प्रयोग हुने अत्यावश्यक खोप एन्टिरेबिज सकिनै लागेको छ । ‘खोप दुई तीन साताका लागि मात्र मौज्दात छ । सम्झौता हुन नसक्दा नयाँ ल्याउन सकिएको छैन,’ आइतबार अवकाश पाएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले भने । उनका अनुसार एन्टिस्नेक भेनम दुई महिनाका लागि पुग्ने जति छ । मान्छेको ज्यानै जाने खोपमा संवेदनशील हुनु पर्ने उनी बताउँछन् ।
नागरिकबाट

प्रतिकृया दिनुहोस्

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छः स्वास्थ्थ्यमन्त्री

काठमाडौँ, ३२ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण...

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर, ३२ असार – ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गर्नुभयो...

संसद्मा काँग्रेसको अवरोधले बैठक स्थगन

काठमाडौँ, ३२ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभएको थियो । सोही...

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३२ असार – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पु¥याउने जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा लगानी...