Motivate News

अम्बिकाको शब्द शृजनामा नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक (हेर्नुस भिडियो)

 काठमाडौं – पछिल्लो समयकी चर्चित अनि सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शंकर थापा(स्माइल) को आवाज र संगीतमा रहेको छ भने एरेन्ज उदयराज पौडेलको रहेको छ । आर.बि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत अशोक महर्जनले मिक्सिङ् गरेका छन् ।

मंगलबार मात्र रिलिज गरिएको भिडियोमा अर्जुन अधिकारीको निर्देशनमा रहेको छ भने सम्पादन निशान घिमिरेको र छायांकन उत्सव दाहालले गरेका हुन् । भिडियोमा निराजन प्रधान र सरा श्रीपालीको अभिनय देख्न सकिने छ।

विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि करिव १ सय  भन्दा बढि गीतहरु रेकर्ड भैसकेका  छन् । जसलाई नेपालका चर्चित गायक गायिकाले स्वरवद्ध गरेका छन् भने श्रोताद्धारा अत्याधिक रुचाईएका छन् ।

हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजबीच टीकाटालो

काठमाडौं – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा...

रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ विमोचन

काठमाडौँ – गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’  सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक विरेन्द्र श्रेष्ठलाई ओएस म्युजिक अवार्ड

काठमाडौं – निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले आइतबार सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा...