Motivate News

मयुरसँग प्रतिस्पर्धा गर्न काभ्रेका पुराना वस व्यवसायीले बसभाडा घटाए

काठमाडौँ- काभ्रेको बनेपा सम्मको रुट परमिट लिएर १ चैतबाट अत्याधुनिक सेवा सहित मयुर यातायात सेवा प्रालिले बस सञ्चालन गरेपछि त्यसको विरोधमा उत्रिएका कोटेश्वरपूर्वका यातायात व्यवसायीहरूले बिहीबार देखि नियमित रूपमा बस सेवा सञ्चालन गर्नुका साथै भाडा पनि घटाएका छन् ।

उनीहरूले मयुर र साझाले दिएको सेवामा नयाँ भाडा कायम गरेका हुन् । बनेपा देखि कोटेश्वर सम्म ४५ रुपैयाँ सम्म भाडा लिने गरेका व्यवसायीहरूले ३५ रुपैयाँमै सेवा दिन थालेका छन् । मयुरले बनेपा सम्म यातायात सेवा विस्तार गर्नु अघि काठमाडौं सम्मको भाडा ४५ लिने गरेका उनीहरूले ३५ रुपैयाँमै बनेपा–रत्नपार्क पु¥याउन थालेका हुन् ।

गएको एक हप्ता देखि मयुर लगायत अन्य नयाँ यातायातको रुट पर्मिट खारेजीको माग सहित आन्दोलन गरेका पुराना व्यवसायीहरुले हिजो देखि नियमित सेवा शुरु गरेका छन् । सरकारले भने यस रुटमा थप ५ वटा नयाँ यातायातलाई रुट पर्मिट दिइसकेको छ ।
राजधानीबाट

प्रतिकृया दिनुहोस्

मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

काठमाडौं – मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले भने, -सुरुङ खन्नु अघि...

सार्वजनिक यातायातमा सिन्डिकेट: लचिलो बन्दै सरकार

काडमाडौं – सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीसँग सरकार लचिलो बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले देशभर गाडी नचलाउने निर्णय गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेका थिए। मन्त्री महासेठसँगको...

गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ

काठमाडौं – गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले  बिहिबार पक्राउ गरेको छ । अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।...

बर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी

बैशाख ७, काठमाडौं – यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग...