Motivate News

इक्यान निर्वाचन : उपाध्यक्षका प्रत्यासी रिजाल र तिमल्सिनाले देखाए उच्च राजनितिक संस्कार

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को बाह्रौं बार्षिक साधारण सभा सम्पन्न भए पश्चात अव आगामी दुई बर्षका लागि नेतृत्व चयन गर्दै आगामी बैशाख ८ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि विभिन्न प्रत्यासीहरुले चुनावि दौड सुरु गरिसकेका छन ।

उनीहरुले मतदाता भेटघाट र विभिन्न माध्यमबाट मतदताहरुलाई आफ्ना चुनावि एजेण्डाहरु पुर्याउन प्रचार प्रसारलाई पनि उक्तिकै तिब्रता दिइरहेका छन । आउँदो निर्वाचनमा संस्थापन पक्षबाट बर्तमान उपाध्यक्ष विष्णुहरी पाण्डे र अर्को पक्षबाट सरोज कुमार बस्नेत अध्यक्षको प्रत्यासी रहेका छन ।

यसविच विभिन्न उमेद्वारहरुले विभिन्न शैलिमा चुनावि प्रचार प्रसार गरिरहदा बस्नेत प्यानलबाट उपाध्यक्षका प्रत्यासी रहेका बर्तमान उपाध्यक्ष राजेन्द्र रिजाल र पूर्व महासचिव महेशबाबु तिमल्सिनाले फरक तरिकाले मत माग्दै मतदातालाई आकर्षित गरेका छन । उपाध्यक्षका प्रत्यासी द्धय रिजाल र तिमल्सिनाले आफ्नो सामाजिक संचाल फेसबुक मार्फत एक अर्काको लागि मत मागेर उच्च राजनितिक संकार देखाएका छन ।

उनीहरु दुबै जनाले फेसबुक मार्फत एकले अर्काको प्रशंसामा कुनै कन्जुसाँई नगरी इक्यानको आगामी टिममा उनीहरु किन आबश्यक छन भन्ने स्टाटस मार्फत र्नै प्रस्ट पारेका छन । एकले अर्कालाई भोट माग्ने रिजाल र तिमल्सिनाको कदमलाई धेरै सकारात्मक रुपमा लिएका छन । यस्तो छ रिजाल र तिमल्सिनाले एकले अर्कालाई भोट मागेको स्टाटस ।

स्मरण रहोस रिजाल यस कार्यकालमा उपाध्यक्ष रहेका छन । अघिल्लो निर्वाचनमा सबैभन्दा बढि मत ल्याएर विजयी हुने, इक्यान भित्र तर्कपूर्ण र स्पष्ट विचार एवम् दुरगामी दृष्टिकोण राख्न सक्ने ब्यक्तिको रुपमा चिनिन्छन भने तिमल्सिना यस अघि दुई कार्यकालसम्म इक्यानको महासचिव रहिसकेका छन । अघिल्लो निर्वाचनमा उपाध्यक्षमा छिनो मतले पराजित उनी यसपटक सहज जित निकाल्नका लागि चुनावि दौडमा छन् ।

प्रतिकृया दिनुहोस्

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...

इक्यानका सदस्यलाई समस्या पर्दा २४ सै घण्टा उपलब्ध हुन्छु :सरोज बस्नेत (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । यतिखेर विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेत प्यानल नै बनाएर निर्वाचनको मैदानमा छन । दुबै टिमले आफूले चुनाव जित्ने दावि समेत गरिरहेका छन । यसविच अध्यक्षका एक...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...

हिसाव खोज्न साधारण सभा कुर्न पर्दैन, हरेक महिना सार्वजनिक गर्छु : सुर्य बहादुर डाँगी

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट कोषाध्यक्षका उमेद्वार छन सुर्यबहादुर डाँगी । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ कोषाध्यक्षका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...