Motivate News

प्राक्सिसको पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ – काठमाडौँ – चाबहिल चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडमीको आयोजनामा पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार ए वान पार्टी प्यालेस चावहिलमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट तथा अतिरिक्त कृयाकलाप एवम् खेलकुदमा विजेता बन्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले सांस्कृतिक प्रतुति प्रस्तुत गरेका थिए ।

म्यूजिक आर्ट सोसाइटी लगायत अन्य ब्याण्डको समेत प्रतुति रहेको उक्त कार्यक्रम नेशनल प्यावसनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आथित्यता एवम् विद्यालयका प्रिन्सिपल गेन्द्र लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेशनल प्यावसन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, कामनपा बडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोल लगायत विभिन्न विद्यालयका प्रिन्सिपल, सामाजिक संस्थाका प्रतिनिधी तथा संचार कर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्कुलकी भाइस प्रिन्सिपल सारदा पराजुलि र एकेडेमी डाइरेक्टर शशिकला खड्काले संचालन गरेका कार्यक्रममा विद्यालयका डाइरेक्टर सुनिल परियारले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छः स्वास्थ्थ्यमन्त्री

काठमाडौँ, ३२ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण...

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर, ३२ असार – ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गर्नुभयो...

संसद्मा काँग्रेसको अवरोधले बैठक स्थगन

काठमाडौँ, ३२ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभएको थियो । सोही...

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३२ असार – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पु¥याउने जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा लगानी...