Motivate News

आईजी छनौटको अन्तिम समयमा डीआईजी धिरु बस्नेतको नाम एकाएक चर्चामा

काठमाडौं – भावी  नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका लागि आजै मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विहानको बैठकमा आईजीपी नियुक्तिबारे छलफल नै नभएको स्रोतले जनाएको छ ।

साझ हुने  बैठकमा  भावी प्रहरी महानिरीक्षक र  र सशस्त्र प्रहरीको महानिरीक्षक छनौट लगायतको विषयमा छलफल हुने जनाइएको छ ।भावी  प्रहरी महानिरीक्षकका लागि डीआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम मिडियामा चर्चामा रहेता पनि  पछिल्लो समय डीआईजी धिरु बस्नेतको नाम विशेष चर्चामा आएको छ ।

बढुवाका लागि विशेष गरी रमेश खरेलले एमाले सांसद पूर्व डीआइजी नवराज सिलवाल मार्फत प्रधानमन्त्री केपी ओलीलाई मनाउने पहल गरेको चर्चा छ । गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने खनालको पक्षमा रहेको श्रोतको दाबी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ नाता पर्ने पुष्कर कार्की तथा एमाले पार्टीले धिरु बस्नेतको नाम अगाडि सारेका छन् । भण्डारीले कार्कीलाई बनाउन प्रधानमन्त्री केपी ओलीलाई दबाब दिइरहेकी छन् भने एमालेका केही नेताहरूले ओली पहिलोपटक गृहमन्त्री बन्दा धिरु बस्नेत सुरक्षा प्रमुख रहेकाले उनलाई बनाउनुपर्ने भन्दै लबिङ गरिरहेका छन् । तर, माओवादी केन्द्रले भने एमालेको यसपटक कुनै दबाब नमानी वरिष्ठलाई नै आईजीपी बनाउने भएको छ । भावी आईजी छनौटको बारेमा प्रधानमन्त्री ओलीले अहिलेसम्म कुनै संकेत नगरेका कारण अहिलेसम्म कसको भाग्य खुल्ने भन्ने एमालेभित्रकै बाँकी शीर्ष नेताहरु समेत निश्चित हुन सकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस्

मोदी भ्रमण वैशाख अन्तिम साता, छलफलबिनै भारतले तोक्या मिति

काठमाडौं – चैत तेस्रो साता भारतले तीनदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सवैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भुगोलले सानोठुलो भए पनि नेपाल र भारतको हैसियत एउटै भएकोमा जोड दिएका थिए । तर, महिना दिन नबित्दै उक्त भनाईविपरितका कुटनीतिक व्यवहार...

सार्वजनिक यातायातमा सिन्डिकेट: लचिलो बन्दै सरकार

काडमाडौं – सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीसँग सरकार लचिलो बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले देशभर गाडी नचलाउने निर्णय गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेका थिए। मन्त्री महासेठसँगको...

गम्भीर भनिएको शनिबारको बैठक पनि उपलब्धि विहिन्

काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्ष बीच शनिबार पनि वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टा सम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष...

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...