Motivate News

बस्नेत प्यानलको सप्राइज, चितवनबाट उमेद्वारी घोषणा

चितवन –  नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो बैशाख ८ हुने निर्वाचनका लागि सरोज बस्नेत नेतृत्वको प्यानलले सबैलाई सप्राइज दिदै मोफसलबाट औपचारीक उमेद्वारी घोषणा गरेको छ ।

बुधबार दिउसो चितवनमा एक कार्यक्रमको आयोजना गर्दै बस्नेत प्यानलले उमेद्वारीको औपचारीक घोषणा गरेको हो । इक्यान निर्वाचनमा सरोज बस्नेत र विष्णुहरी पाण्डे प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन । यता विष्णुहरी पाण्डे समुहले काठमाडौँको अल्फा हाउसमा उमेद्वारी घोषणा गर्दैगर्दा इक्यानको इतिहाँसमै पहिलो पटक बस्ने समुहले काठमाडौँ बाहिरबाट उमेद्वारी घोषणा गरेका हो ।

‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने नारा बोकी भिजन २०२० का साथ बस्नेत समुह चुनावि मैदानमा छ । प्यानल घोषणा पछि उपाध्यक्षका उमेद्वार राजेन्द्र रिजालले आफ्नो टिम केन्द्रीकृत मानसिकतामा नरहेको र केन्द्रदेखि मोफसलसम्मको भावनालाई प्रतिनिधित्व गर्दै सहि नेतृत्वमा सबैले राम्रो र हाम्रो भन्न सक्ने साझा इक्यान बनाउन आफूहरुले उमेद्वारी घोषणा गरेको बताए ।

उक्त घोषणा कार्यक्रममा इक्यान चितवनका अध्यक्ष भानु खरेलले बस्नेत टिमलाई विजयीको शुभकामना दिएका थिए । उक्त प्यानलबाट अध्यक्षमा सरोजकुमार बस्नेत, उपाध्यक्षमा राजेन्द्र रिजाल, मेहेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम के.सी र ज्ञानेन्दमान जोशी, कोषाध्यक्षमा सुर्य बहादुर डाँगी, सहकोषाध्यक्षमा राकेस श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन ।

त्यसैगरि सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री के.सी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मोनोरम शाहले उमेद्वारी घोषणा गरेका छन । यस निर्वाचनमा आफ्नो प्यानलनै विजयी हुने दावि बस्नेत प्यानलको छ ।

प्रतिकृया दिनुहोस्

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...

इक्यानका सदस्यलाई समस्या पर्दा २४ सै घण्टा उपलब्ध हुन्छु :सरोज बस्नेत (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । यतिखेर विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेत प्यानल नै बनाएर निर्वाचनको मैदानमा छन । दुबै टिमले आफूले चुनाव जित्ने दावि समेत गरिरहेका छन । यसविच अध्यक्षका एक...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...

हिसाव खोज्न साधारण सभा कुर्न पर्दैन, हरेक महिना सार्वजनिक गर्छु : सुर्य बहादुर डाँगी

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट कोषाध्यक्षका उमेद्वार छन सुर्यबहादुर डाँगी । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ कोषाध्यक्षका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...