Motivate News

औपाचारीक उमेद्वारी घोषणा गर्दै विष्णुहरी पाण्डे प्यानल चुनावि मैदानमा

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो बैशाख ८ गते हुने निर्वाचनका लागि संस्थापन पक्षबाट विष्णुहरु पाण्डे नेतृत्वको टिमले उमेद्वारी घोषणा गरेको छ ।

बुधबार अल्फा हाउस नयाँ बानेश्वरमा एक विशेष कार्यक्रम मार्फत पाण्डे समुहले औपचारीक उमेद्वारी घोषणा गरेको हो । अध्यक्षमा विष्णुहरी पाण्डे, उपाध्यक्षमा देविदास भट्टराई, खड्ग ताम्लिङ लिम्बु र सपना राजभण्डारी, महासचिवमा शेषराज भट्टराई, सचिवमा श्याम बहादुर कडेल र दिपक राज भुषाल, कोषाध्यक्षमा गोविन्द्र अधिकारी त्यस्तै सहकोषाध्यक्षमा निरुपमा महर्जनले उमेद्वारी घोषणा गरेका छन् ।

बाँकी नौ जना सदस्यका लागि प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, कर्णबहादुर गुरुङ, बासुदेव दाहाल, यज्ञविलास पौडेल, वालकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, सुदन चौहान र सुस्मा आचार्यले उमेद्वारी घोषणा गरेका छन । उक्त कार्यक्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डे, पूर्व अध्यक्षहरु राजेन्द्र बराल र दिपक गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्षका उमेद्वार विष्णुहरी पाण्डेले आगामी २ बर्षमा आफ्नो टिमले इक्यानमा निर्वाचित भए गर्ने कामको फेहरीस्त प्रस्तुत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...

इक्यानका सदस्यलाई समस्या पर्दा २४ सै घण्टा उपलब्ध हुन्छु :सरोज बस्नेत (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । यतिखेर विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेत प्यानल नै बनाएर निर्वाचनको मैदानमा छन । दुबै टिमले आफूले चुनाव जित्ने दावि समेत गरिरहेका छन । यसविच अध्यक्षका एक...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...

हिसाव खोज्न साधारण सभा कुर्न पर्दैन, हरेक महिना सार्वजनिक गर्छु : सुर्य बहादुर डाँगी

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट कोषाध्यक्षका उमेद्वार छन सुर्यबहादुर डाँगी । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ कोषाध्यक्षका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...