धनकुटा – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ७ जनालाई आज रिहा गरे लगत्तै पुन प्रहरीले गिरफ्तार गरि उदयपुर लगेको छ ।
गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरि धनकुटामा राखिएका नेता राई सहित ७ जनालाई आज धनकुटाको जिल्ला प्रशासनले समान्य धलौटिमा छोडेको थियो ।
तर उदरपुरबाट गएको प्रहरी टोलीले जिल्ला प्रशासन कार्यलय धनकुटाको प्रांगणबाटै पुन गिरफ्तार गरि उदयपुरतर्फ लगेको हो ।
यसैबीच, गृहमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले आफ्ना नेता कार्यकर्तालाई पुन गिरफ्तार गरेको दलाल सरकारको चरीत्र उदाङगो पारेको भन्दै नेकपाले उक्त घटनाको बिरोध गरेको छ ।
आज नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले प्रेस विज्ञप्ति जारी गरि उक्त घटनाको बिरोध गर्दै आगामि वैशाख ४ गते बन्द लगायत संघर्षको कार्यक्रम घोषणा गर्नुभएको छ ।
उहाँले सरकार आफैंले आफ्नो संविधान, कानुन र न्यायिक निकायसमेतको धज्जी उडाएको समेत बताउनुभएको छ ।
पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जना नेतालाई पार्टीको बैठक बसिरहेको अवस्थामा चैत ५ गते धनकुटा, हिलेबजारबाट गिरफ्तार गरिएकालाई चैत २९ गते जिल्ला प्रशासन कार्यालयले निर्दोष सावित गरेर रिहा गरे पनि प्रहरीले तत्काल पुनः गिरफ्तार गरेर हिरासतमा राखेकाले पार्टीले संघर्षका कार्यक्रमहरू घोषणा गर्नुपरेको बताउनुभएको छ ।
संघर्षका कार्यक्रमहरुमा, आज देखि वैशाख २ गते सम्म प्रचारप्रसार, जनसंघर्ष , ३ गते मसाल जुलुस र ४ गते पूवी कमाण्ड अन्तरगत सगरमाथा, जनकपुर , कोशी र मेची अन्चल बन्द रहेका छन् ।