Motivate News

विष्णुहरीको पक्षमा किन खुलेर भोट मागेनन् राजेन्द्र बरालले ?

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि बुधबार विष्णुहरी पाण्डे प्यानलले औपचारीक उमेद्वारी घोषणा गर्यो । उक्त कार्यक्रममा अतिथिको रुपमा निम्त्याइएका थिए इक्यानका पूर्व अध्यक्ष राजेन्द्र बराल पनि ।

धेरैको अपेक्षा थियो होला राजेन्द्र बरालले संबोधनको क्रममा निकै फूलबुट्टा भरेर विष्णुहरी पाण्डेको पक्षमा मत माग्दै माहोल सृजना गर्नेछन, बर्तमान अध्यक्ष प्रकाश पाण्डेले निकै वान्की मिलाएर ब्यक्ति ब्यक्तिको पशंसा गरेर पाण्डेको पक्षमा माहोल सृजना गरिरहँदा बराल भने इक्यान भित्रको फोहोरी राजनितिक खेल र अन्य विकृति माथि कटाक्ष गरिरहेका थिए ।

कार्यक्रममा संबोधनका क्रममा बरालले पाण्डे टिमलाई सामान्य शुभकामना बाहेक कुनैपनि हालतमा त्यही टिमलाई जिताउन अपिल गरेनन् । हुनत इक्यानको अध्यक्ष भइसकेको कारणले कुनै टिमको पक्षमा खुलेर बोल्दा असर पर्छ भनेर सन्तुलित बोल्न खोजेको पनि हुन सक्छ । यदी त्यसो होइन भने कसो हो? बाँकी उनैले जानुन् ।

उक्त कार्यक्रममा राजेन्द्र बरालले गरेको संबोधन यस्तो थियो । हेर्नुहोस भिडियो ।

प्रतिकृया दिनुहोस्

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...

इक्यानका सदस्यलाई समस्या पर्दा २४ सै घण्टा उपलब्ध हुन्छु :सरोज बस्नेत (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । यतिखेर विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेत प्यानल नै बनाएर निर्वाचनको मैदानमा छन । दुबै टिमले आफूले चुनाव जित्ने दावि समेत गरिरहेका छन । यसविच अध्यक्षका एक...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...

हिसाव खोज्न साधारण सभा कुर्न पर्दैन, हरेक महिना सार्वजनिक गर्छु : सुर्य बहादुर डाँगी

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट कोषाध्यक्षका उमेद्वार छन सुर्यबहादुर डाँगी । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ कोषाध्यक्षका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...