Motivate News

देश दौडाह पछि बस्नेत टिम उत्साहित

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि निर्वाचनको मिति नजिकिएसंगै नेतृत्वका आकाँक्षीहरुले देश ब्यापी रुपमा मतदाता भेटघाट र प्रचारात्मक कार्यक्रमलाई तिब्रता दिएका छन ।

यसविच इक्यानको इतिहाँसमै पहिलो पटक राजधानी बाहिरबाट औपाचारीक उमेद्वारी घोषणा गरेको सरोज बस्नेत नेतृत्वको टिमले चितवन, पोखरा, इटहरी, विराटनगर लगायतको ठाँउमा मतदाता भेटघाट तथा उमेद्वार परिचयात्मक कार्यक्रम सम्पन्न गरेर काठमाडौँ फर्किएको छ । काठमाडौँ फर्किएसंगै बस्नेत टिम निकै उत्साहित देखिएको छ ।

देशब्यापी मतदाता भेटघाट कार्यक्रम सकेर फर्किएसंगै बस्नेत प्यानलबाट उपाध्यक्षका उमेद्वार महेशबाबु तिमल्सिनाले मोटिभेट न्यूज संग भने, ‘मोफसलका साथिहरुले हामीलाई जुन किसिमको स्वागत र हाम्रो टिमबाट साझा इक्यान बनाउने लक्ष्यमा जुन खालको विश्वास ब्यक्त गर्नुभयो त्यसबाट हाम्रो जित अझै नजिक आएको महसुस हामीले गरेका छौँ ।’

विभिन्न ठाँउमा मतदाता भेटघाट र उमेद्वार परिचयात्मक कार्यक्रम सकेर फर्किएको बस्नेत टिमले आइतबार सांझ ५ बजे अल्फा हाउस नयाँ बानेश्वर काठमाडौँमा पनि एक विशेष कार्यक्रम मार्फत उमेद्वारी घोषणाको कार्यक्रम आयोजना गरेको छ ।

प्रतिकृया दिनुहोस्

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...

इक्यानका सदस्यलाई समस्या पर्दा २४ सै घण्टा उपलब्ध हुन्छु :सरोज बस्नेत (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । यतिखेर विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेत प्यानल नै बनाएर निर्वाचनको मैदानमा छन । दुबै टिमले आफूले चुनाव जित्ने दावि समेत गरिरहेका छन । यसविच अध्यक्षका एक...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...

हिसाव खोज्न साधारण सभा कुर्न पर्दैन, हरेक महिना सार्वजनिक गर्छु : सुर्य बहादुर डाँगी

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट कोषाध्यक्षका उमेद्वार छन सुर्यबहादुर डाँगी । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ कोषाध्यक्षका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...