Motivate News

इक्यान निर्वाचन : सरोजलाई अर्काको भर, विष्णुहरीलाई आफ्नैसंग डर

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्व चयनका लागि बैशाख ८ गते निार्वचन हुँदैछ । निर्वाचन मिति नजिकीदै जाँदा चुनावि सरगार्मी निकै गर्माएको छ । बस्नेत र पाण्डे प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन भने उपाध्यक्ष पदमा मात्रै कृष्णहरि के.सीको स्वतन्त्र उमेद्वारी पर्ने देखिएको छ ।

पाण्डे काठमाडौामा तामझामका साथ उमेद्वारी घोषणा गरेर जिल्ला दौडाहमा निस्किएका छन भने बस्नेत प्यानल जिल्ला दौडाह सकेर काठमाडौँ फकिएको छ । जिल्लाबाट निकै उत्साहित भएर फकिएको बस्नेत प्यानलले आइतबार काठमाडौँमा पनि विशेष कार्यक्रम गरेर पाण्डेलाई काउण्टर जवाफ दिने तयारी गरेको छ ।

हुन चाँही यो शैक्षिक परामर्शदाता र शैक्षिक परामर्श ब्यबसायीहरुको चुनाव हो । तर यस पटक मतदाताहरु शैक्षिक परामर्शदाता मात्रै नभएर खुलेरै राजनितिका झोला बोकेका कार्यकर्ताहरुलाई भोट दिएर आफ्नो नेता बनाउन बाध्य छन । अध्यक्षका दुई प्रत्यासी मध्ये बस्नेत गत प्रदेशको निर्वाचनमा प्रदेश सभा उमेद्वारका लागि नेपाली काँग्रेसबाट सिफारिसमा परेका ब्यक्ति हुन । उनी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका छन । यता पाण्डे भने विद्यार्थीकाल देखि नै अनेरास्वीयूको राजनिति गरेर हाल नेकपा एमालेका विदेश विभिागका सदस्य रहेका छन ।

इक्यानलाई परामर्शदाताहरुको साझा संस्था बन्न नदिएर कुनै अमुक पार्टीको भातृ संगठन बनाउन खोजको गुनासो छरपपस्टै भएको छ । बर्तमान अध्यक्ष प्रकाश पाण्डेले मैदान खालि गरिदिएपछि नयाँ नेतृत्वका लागि बस्नेत र पाण्डे रस्साकस्की गरेर लागेका छन । दुबै जनालाई यो निर्वाचन जसरी पनि आफ्नो पक्षमा पार्नैपर्ने दवाव रहेको छ । बस्नेत अघिल्लो निर्वाचनमा प्रकाश पाण्डेसंग झिनो मतले पराजित भएका थिए । यसपटककै निर्वाचनमा पनि राजेण्द्र रिजाल वा महेशबाबु तिमल्सिनालाई नेतृत्वमा अगाडी सार्नुपर्ने झिनो आवाज उठेपनि बस्नेतलाई अगाडी सारिएको छ ।

यदी उनले यो निर्वाचन हारे भने स्वभाविक रुपमा नैतिकताका हिसावले उनी इक्यान नेतृत्वका लागि सदाका लागि रिङ आउट हुन सक्छन । यो कुरालाई राम्रोसंग बुझेका बस्नेतले यस पटक प्यानलमा कन्सल्टेन्सी क्षेत्रमा चिनिएका हस्तिहरुलाई समेटेर टिम बनाउन खोजेको देखिन्छ । उपाध्यक्षका उमेद्वार राजेन्द्र रिजाल अघिल्लो निर्वाचनमा सबैभन्दा बढि मत ल्याएर उपाध्यक्षमा विजयी भएका ब्यक्ति हुन भने इक्यान भित्र प्रष्ट, तार्किक एवम् दुरदृष्टि राख्न सक्ने ब्यक्तिका रुपमा चिनिन्छन । उपाध्यक्षमा करिव करिव जित निश्चित जस्तै रहेका रिजालको साथले अघिल्लो हारको बदला लिन सकिन्छ की भन्ने दाउमा बस्नेत देखिन्छन ।

उपाध्यक्षका अर्का उमेद्वार महेशबाबु तिमल्सिना ८ बर्षसम्म इक्यानको महासचिव भइसकेका अघिल्लो निर्वाचनमा थोरै मतले मात्रै पराजित भएपनि कन्सल्टेन्सी क्षेत्रमा चिनाइरहनु नपर्ने नाम कंगारु एजुकेशन फाउण्डेशनका संचालक हुन । उनको पनि जित निश्चित जस्तै रहेकाले बस्नेत उत्साहित हुनु अस्वभाविक होइन । महासचिवमा अघिल्लो निर्वाचनमा प्रकाश पाण्डे प्यानलबाट निर्वाचित सन्तोष प्याकुरेलको साथ मात्र हैन त्यस निर्वाचनमा सन्तोषका प्रतिद्वन्दी समेत रहेका महेश भण्डारी समेत बस्नेतलाई जिताउन हात धोएर लागेका छन । बस्नेत प्यानललाई काँग्रेसी प्यानलको ट्याग लागि रहँदा उनले काँग्रेसका शुभेच्छुक भएपनि खुलेर पार्टीको झण्डा नबोकेका प्रोफस्नल कन्सल्टेन्टहरुलाई टिममा अगाडी सारेका छन ।

जसरी पनि चुनाव जित्नकै लागि होला बस्नेतले आफ्नो टिम समावेशी बनाउने प्रयन्त स्वरुप एमाले भनेर चिनिने सुर्यबहादुर डाँगीलाई कोषाध्यक्ष र माओवादी भनेर चिनिने ज्ञानेन्द्रमान जोशीलाई सचिवको रुपमा अगाडी सारेका छन । बस्नेतले फेरीपनि काँग्रेस भनेरै मात्रै हिडे भने दुई बर्ष अघिको अतित नदोहोरिएला भन्न सकिदैन । यदी आफ्नो मतलाई सम्हालेर सुर्य डाँगी या ज्ञानेन्दमानबाट थप कति भोट खसाल्न सक्छन त्यसले उनको जित हारको छिनोफानो गर्नेछ यस अर्थ बस्नेतको जितमा अर्काको भर रहेको प्रस्ट हुन्छ ।

उता बस्नेत जस्तै विष्णुहरी पाण्डेपनि यो निर्वाचन जित्नै पर्ने दवावमा रहेका छन । विष्णुहरी पाण्डेलाई खासगरी कन्सल्टेन्सी ब्यवसायी भन्दापनि ब्यापारीको रुपमा बढि चिनिन्छ । हुन चाँही उनी रोयल एजेकेशनका संचालक हुन यद्येपि उनी कन्सल्टेन्सीमा काम जोडिएर भन्दा पनि नाम जोडिएर कन्सल्टेन्सी संचालक भएका हुन । अहिले पनि उनको प्रत्यक्ष संलग्नता कन्सल्टेन्सी क्षेत्रसंगै अन्य क्षेत्रमा पनि छ ।

प्रिमियर कलेज, एभरेष्ट कलेज, कोलम्बस कलेज लगायतका कलेजमा उनको संलग्नता रहेको छ भने एमाले नेता सोम प्रसाद पाण्डेको छोरासंगको पार्टनरसिपमा भक्तपुरमा उनको अटो ब्यवसाय पनि रहेको छ । उनको धेरै ठाँउको संलग्नतालाई पाण्डे टिमले मल्टि डाइनामीक खुविको रुपमा चर्चा गरिरहेको छ । तर मतदाताले मतदान गर्दा कन्सल्टेन्सी ब्यवसायी मात्रलाई रोज्ने हुन या कन्सल्टेन्सी ब्यवसायी पनिलाई ? यो भने मतपरिणाम पछि नै देखिएला साँचो कुराचााही के हो भने विष्णुहरी कन्सल्टेन्सी ब्यवसायी पनि मात्र हुन । अर्को कुरा भनेको इक्यानको नेतृत्वका लागि विष्णुहरी पाण्डे किन यति धेरै मरिहत्ते गरेर लागेका छन त्यो पनि रहस्यमय छ ।

राजेन्द्र बराल अध्यक्ष निर्वाचित हुँदै गर्दा समेत अध्यक्षमा पाण्डेले दावेदारी गरेका थिए । त्यसवेला द्धिराज शर्मा, राजेन्द्र बराल र विष्णुहरी पाण्डेले अध्यक्षमा दावि गरेका थिए । अन्तिममा मात्रै उनले आफ्नो उमेद्वारी फिर्ता लिएका थिए । अघिल्लो निर्वाचनमा पनि उनले अध्यक्षमा दावि त गरेका थिए त्यसबखत अर्को पटक पाण्डेलाई अध्यक्षमा अगाडी सार्ने सहमति गरेर राजनितिका चतुर खेलाडी प्रकाश पाण्डेले वाजि मारेका थिए । धेरै समय अगाडीदेखि रहर गरेको पद मुखैमा आउँन लाग्दा विष्णुहरी पाण्डेले कुनैपनि हालतमा गुमाउन नचाहनु अस्वभाविक होइन फेरी उसले यति समयदेखि रहर गरेको छ टिका लगाएर अध्यक्ष बनाइदिउँन त भन्ने पद पनि होइन ।

खास गरि पाण्डेलाई इक्यान भित्र घमण्डि ब्यक्तिका रुपमा पनि हेरिन्छ कताकता उनलाई भेट्न अपोइटमेन्ट लिनुपर्ने चर्चापनि कन्सल्टेन्सी बृतमा सुनिन्छ । एमालेका बफादार कार्यकर्ता उनी कतै इक्यानको मन्च प्रयोग गरेर राजनितिक खुट्कीलो चड्दै द छैनन् भन्ने शंका कतिपय इक्यानियनहरुले गरिरहेका छन । अघिल्लो निर्वाचनमा प्रकाश पाण्डेले सरोज बस्नेतलाई २८ भोटले हराएका थिए यदी त्यहि क्याल्कुलेशन गरेर पाण्डेले चुनाव जित्छु भनेका हुन भने त्यो उनका लागि प्रतित्उत्पादक पनि बन्न सक्छ । किन भने मत भनेको परिवर्तनशिल कुरा हो । अर्को कुरा एमालेका कन्सल्टेन्सी संचालकहरुले त मत हाल्लान जुन जितको लागि प्रयाप्त छैन । यदी न्यूटोल भोटले पाण्डेलाई पत्याएन भने उनको रहरले यस पटक पनि निरास बनाउने पक्का छ ।

विष्णुहरीले ऐनामा आफूलाई मल्यांकन गरेका छनकी छैनन् उनको रुखो स्वभावनै उनको लागि तगारो बन्न सक्ने चर्चा छ कन्सल्टेन्सी बृतमा । खासगरी यसपटक पाण्डे समुहले जापान काम गर्ने कन्सल्टेन्सीहरुलाई प्राथमिकतामा स्थान दिएर भोट ब्याकंको रुपमा रहेको जापानको मतलाई आफ्नो पक्षमा पार्न खोजको देखिन्छ । यो प्रयोग उनका लागि फाप्छकी फाप्दैन त्यो भने हेर्न बाँकी नै छ । पाण्डेलाई अर्को अप्ठेरो भनेको जुन टिमलाई सारथिको रुपमा उनले अगाडी सारेका छन केहीलाई छोडेर उनको टिममा कन्सल्टेन्सी क्षेत्रमा चिनाउनु पर्ने नामहरु रहेका छन । यस पटक देविदास भट्टराईले महासचिवको रुपमा दावि गरेका थिए अन्तिम समयमा प्रकाश पाण्डेको ठाडो प्रस्तावमा शेषराज भट्टराईलाई अगाडी सारियो । यसलाई विष्णुहरी पाण्डे टिम भित्रको पनि एमाले गुटको टसलको रुपमा हेरिएको छ ।

पाका, अनुभवि र इक्यान भित्र चिनिएका देविदासलाई पन्छाएर शेषराजलाई ल्याउनृ निर्णय पनि उनीहरुका लागि महंगो पर्न सक्छ । इक्यानमा कुनै इतिहाँसको प्रोफाइल नभएका शेषराजलाई महासचिवको रुपमा उभ्याइएको छ । केही बर्ष अघि मात्रै कन्सल्टेन्सी क्षेत्रमा प्रबेश गरेका शेषराजलाई मतदाताले कुन आधारमा पत्याउनेहुन हेर्न बाँकी नै छ । चुनावि प्रचारका क्रममा पनि शेषराजलाई उनको ब्यक्तित्व भन्दा पनि अर्विटसंग जोडिएर प्रचार गरिएको छ ।

स्वभाविक रुपमा अर्विट ख्याति प्राप्त संस्था हो तर यदी ठुलो संस्थाको मान्छे हो भन्दैमा इक्यान भित्र नव प्रबेशीले ठुलै पद पाउन पर्छ भन्ने छैन । विष्णुहरी पाण्डे जसजसको अर्शिवाद रहन्छ भनेर ढुक्क छन त्यसमा तलमाथि पर्ने एक कन्सल्टेन्सी ब्यवसायीले बताए । यस अर्थ पाण्डेलाई आफ्नैहरुले जिल्याउने त होइनन यसको जवाफ कुर्न बैशाख ९ को विहान पर्खनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...

इक्यानका सदस्यलाई समस्या पर्दा २४ सै घण्टा उपलब्ध हुन्छु :सरोज बस्नेत (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । यतिखेर विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेत प्यानल नै बनाएर निर्वाचनको मैदानमा छन । दुबै टिमले आफूले चुनाव जित्ने दावि समेत गरिरहेका छन । यसविच अध्यक्षका एक...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...

हिसाव खोज्न साधारण सभा कुर्न पर्दैन, हरेक महिना सार्वजनिक गर्छु : सुर्य बहादुर डाँगी

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट कोषाध्यक्षका उमेद्वार छन सुर्यबहादुर डाँगी । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ कोषाध्यक्षका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...